कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

वैशाखमा चुनाव हुने सम्भावना देख्दिनँ : शशांक

चित्रांग थापा

महेन्द्रनगर — नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले मुलुक राजनीतिक अस्थिरतातर्फ गइरहेको बताउँदै आफूले वैशाखमा चुनाव हुने सम्भावना नदेखेको बताएका छन् ।

वैशाखमा चुनाव हुने सम्भावना देख्दिनँ : शशांक

उनले प्रतिनिधिसभा विघटनको विरोध गरिरहेको कांग्रेसले अब कसरी विरोधका कार्यक्रम अगाडी बढाउने भन्ने विषयमा माघ १३ को केन्द्रीय समितिको बैठकले निर्णय गर्ने बताए ।

‘वैशाखमा चुनाव हुने सम्भावना म देख्दिँन,’ शनिबार महेन्द्रनगरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा कोइरालाले भने, ‘नेकपा अझै फुटेकै छैन निर्वाचन आयोगले चुनाव चिन्ह नदिएसम्म पार्टी फुटेको मान्न सकिदैन, जुनलाई दिन्छ उसले फेरी मुद्दा हाल्छ ।’ कांग्रेसले यतिबेला संविधानमाथि भएको कुठाराघातको विरोधमा केन्द्रदेखि वडा तहसम्म विरोध गरिरहेको उनले बताए ।

धर्मका बारेमा सोधिएको सञ्चारकर्मीको जिज्ञासामा महामन्त्री कोइरालाले कांग्रेस सरकारमा आएपछिको अवस्थामा धर्म स्वतन्त्र हुनुपर्छ भन्ने मान्यताका साथ अघि बढने बताए । ‘धर्म निरपेक्ष शब्द ठिक होइन’ उनले भने, ‘धर्म स्वतन्त्र हुनु पर्छ, न सापेक्ष, न निरपेक्ष ।’ उनले यसबारे जनमत संग्रह पनि गर्न सकिने बताए ।

प्रधानमन्त्रीले संसद् विघटन गरेपछि चुनाव भएपनि वा नभएपनि कांग्रेस सभापति शेरबहादुर देउवाको दुवै हातमा लड्डु भएको अवस्थाबारे सञ्चारकर्मीको एक अर्को प्रश्नमा महामन्त्री कोइरालाले ओली र दाहालले शेरबहादुरलाई प्रधानमन्त्री नबनाउने दाब गरे । उनले भने, ‘म त शेरबहादुरको हातमा लड्डु देख्दिँन ।’

प्रकाशित : माघ १०, २०७७ १९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?