कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रतिनिधिसभा विघटनविरुद्ध नागरिक आन्दोलन [तस्बिरहरु]

तस्बिर : केशव थापा

काठमाडौँ — प्रतिनिधिसभा विघटनविरुद्ध बृहत् नागरिक आन्दोलन समूह तथा चिकित्सा शिक्षा सुधार अभियन्ता गोविन्द केसीसहितको समूहले माइतीघरमा शनिबार प्रदर्शन गरेका छन् । प्रदर्शनमा 'संवैधानिक सर्वोच्चता कायम गर, संवैधानिक निकायको कब्जा बन्द गर, असंवैधानिक नियुक्ति खारेज गर, नागरिक अघि बढ्दैछ, सर्वसत्तावाद ढल्दैछ, ओली सरकारको स्वेच्छाचारी कदमको अवज्ञा गरौं' लेखिएको प्लेकार्ड देखाइएको थियो । हरेक शनिबार नागरिक अगुवाहरू माइतीघर मण्डलामा भेला भएर विरोध गर्दै आइरहेका छन् । प्रतिगमनविरूद्ध बृहत् नागरिक आन्दोलनले आन्दोलन अझ सशक्त बनाउँदै सोमबार २ बजे कमलपोखरीबाट जुलुस निकाल्दै बालुवाटार पुग्ने निर्णय सुनाएको थियो ।


प्रकाशित : माघ १०, २०७७ १४:२२
प्रतिक्रिया
पठाउनुहोस्