संविधानमाथिको प्रश्‍नमा वकिलहरु व्यावसायिकता भनेर विचारबाट भाग्‍न पाउँदैनन् : भट्टराई

माघ १०, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपाको दाहाल-नेपाल पक्षका स्थायी कमिटी सदस्य योगेश भट्टराईले संविधानमाथिको प्रश्‍नमा वकिलहरु व्यावसायिकता भनेर विचारबाट भाग्‍न नपाउने बताएका छन् । 

मार्क्सवादी ज्ञान केन्द्रले शनिबार आयोजना गरेको संसद् विघटन र समाजवादी क्रान्तिको मार्गचित्र विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै स्थायी कमिटी सदस्य भट्टराईले वकिलहरु कुनै फौजदारी विषयको मुद्दामा लड्न स्वतन्त्र भए पनि संविधानको विषयमा व्यावसायिक धर्म भनि जान नमिल्ने बताएका हुन् । संविधानमाथिको प्रश्नमा वकिलहरु व्यावसायिकता भनेर विचारबाट भाग्न नपाउने उनको भनाइ छ ।

प्रधानमन्त्री केपी ओली द्रुत गतिमा दक्षिणपन्थी बाटोतर्फ जाँदै गरेको उनको आरोप थियो । संविधानमा भएका कतिपय विषय प्रधानमन्त्री ओलीलाई मन नपरेको भन्दै उनले तिनै मुद्दालाई संशोधन गर्न ओलीले दुईतिहाई मत मागेको बताए ।

नेपालको संविधानको निर्माता आफ्नो पार्टी, वर्ग, विचार र सिद्धान्त भएकोले संविधानप्रति आफूहरुको लगाव र स्नेह रहेको उनको भनाइ छ । 

संसद् विघटननेकपा विवाद

कान्तिपुर

Link copied successfully