कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

कोरोना संक्रमणबाट पाटन अस्पतालमा जनकपुरकी ३८ वर्षीया महिलाको मृत्यु

कान्तिपुर संवाददाता

ललितपुर — पाटन अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट पाटन अस्पतालमा जनकपुरकी ३८ वर्षीया महिलाको मृत्यु

साउन १८ गतेदेखि पाटन अस्पतालमा उपचार गराइरहेकी जनकपुरकी ३८ वर्षीया महिलाको कोरोना संक्रमणबाट बुधबार मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डाक्टर खगेश्वर गेलालले जानकारी दिए ।

त्यस्तै मंगलबार राति जनकपुरकै ७३ वर्षीय कोरोना संक्रमित पुरुषको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । मंगलबार राति नै बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा कपिलवस्तुका ४२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

प्रकाशित : श्रावण २८, २०७७ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?