१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कोरोना भाइरस हावाबाट सर्छ भन्ने कुरालाई नकार्न सकिँदैन : विश्‍व स्वास्थ्य संगठन 

एजेन्सी

जेनेभा — कोरोना भाइरस हावाबाट सर्ने भन्ने तथ्यलाई नकार्न नसकिने विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले बताएको छ । डब्लूएचओले हावामा रहने साना कणमार्फत कोरोना भाइरस फैलिन सक्ने प्रमाण देखिँदै गएकाले यो तथ्यलाई स्वीकार गरेको हो । 

कोरोना भाइरस हावाबाट सर्छ भन्ने कुरालाई नकार्न सकिँदैन : विश्‍व स्वास्थ्य संगठन 

भीडभाड हुने ठाउँ, बन्द कोठा वा हावा पास नहुने ठाउँमा हावाबाट कोरोनाको संक्रमण सर्दैन भनेर भन्न नसकिने डब्लूएचओको कोरोनाभाइरस संक्रमण नियन्त्रण विभागकी प्रमुख प्राविधिक डा. बेनेडेटा अलेग्रान्जीलाले बताइन् ।

डब्लूएचओका अधिकारीहरुका अनुसार यसको शतप्रतिशत प्रमाण जुटाउन र बुझ्न अझै समय लाग्ने र यसको खोजका लागि काम जारी राखिएको छ ।

हावाका साना कणमा पुगेको कोरोना भाइरसबाट पनि मानिसमा संक्रमण हुन सक्ने केही वैज्ञानिकहरुले दाबी गरेका थिए । उनीहरुले कोरोना भाइरससम्बन्धी निर्देशिका संशोधन गर्न आग्रह समेत गरेका थिए ।

सोमबार कोरोना भाइरसबारे अनुसन्धान गरिरहेका विभिन्न ३२ देशका २३९ वैज्ञानिकहरुले डब्लूएचओलाई यसबारे खुलापत्र पठाएका थिए । यदि यो कुराको आधिकारिकता पुष्टि भएमा कोरोना भाइरस रोकथामसम्बन्धी निर्देशिका परिवर्तन गर्नुपर्ने चिकित्सकहरुले बताएका छन् ।

डब्लूएचओका अनुसार कोरोना भाइरस संक्रमित व्यक्तिले हाच्छयुँ वा खोक्दा नाक वा मुखबाट निस्किने छिटाबाट अर्को व्यक्तिमा सर्ने बताउँछ । तर वैज्ञानिकहरु कोरोना भाइरसको संक्रमण फैलनुमा यसलाई मात्र कारक मान्‍न तयार छैनन् ।

यदि यो पुष्टि भएको खण्डमा मास्क प्रयोगमा व्यापकता गर्ने, सार्वजनिक यातायात, बार, रेस्टुरेन्टलगायतका भीड हुने ठाउँमा सामाजिक दूरीको कडा पालना गर्नुपर्ने चिकित्सकहरुको सुझाव छ ।

प्रकाशित : असार २४, २०७७ १३:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?