१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

के हो ‘कोरोना कार्ड’?, विज्ञ भन्छन्- 'कोरोना प्रतिरोधी भएको पुष्टि भएको छैन'

‘भूईं पुछ्न प्रयोग हुने क्लोरिन डाइअक्साइड प्रयोग गरिन्छ’

काठमाडौँ — अमेरिकाको फूड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए)द्वारा मान्यता दिइएको दाबी गरिएको ‘भाइरस ब्लकर डिसइन्फेक्सन कार्ड’ वास्तवमा एफडीएमा दर्ता नै नभएको देखिएको छ । त्यति मात्र नभई एफडीएलगायत विश्वका धेरै औषधि नियामक निकायहरुले यस्ता सामाग्रीहरुको प्रयोग नगर्न नै सुझाव दिइएको पाइएको छ ।

के हो ‘कोरोना कार्ड’?, विज्ञ भन्छन्- 'कोरोना प्रतिरोधी भएको पुष्टि भएको छैन'

एफडीएले मार्च ८ मा एउटा सूचना नै प्रकाशित गरेर ‘क्लोरिन डाइअक्साइड’युक्त कुनै पनि सामाग्रीले कोभिड–१९ बाट जोगाउन सक्ने तथ्य हालसम्म कहिँकतैबाट पनि पुष्टि नभएको जनाएको देखिन्छ । साथै, त्यस प्रकारको दाबी गर्दै सामाग्रीको बिक्री वितरण गरे कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिएको छ । यस्तै अमेरिकाको इन्भाएरोमेन्टल प्रोटेक्सन संस्थाले समेत यस प्रकारका समाग्रीले मानिसको स्वास्थ्यमा प्रतिकुल असर पार्ने भन्दै यसमाथि प्रतिबन्ध लगाएको देखिन्छ ।

यो पनि पढ्नुहोस् :

'कोरोना भगाउने कार्ड' भिरेर संसद र समिति बैठकमा सहभागी हुँदै सांसद !

नेपालमा मात्र नभई विश्वका धेरै राष्ट्रमा यस प्रकारको सामाग्रीको व्यापार अहिले ह्वात्तै बढेको विभिन्न अन्तर्राष्ट्रिय समाचार एजेन्सीद्वारा सम्प्रेसित समाचारमा उल्लेख छ । एक समाचारअनुसार रुसका राष्ट्रपतिका प्रवक्ता, बोलेभियाका अन्तरिम राष्ट्रपति, लेबनानी नेताहरुले समेत यस्ता सामाग्री प्रयोग गरेको उल्लेख गरेका छन् ।

भाइरोलोजिस्ट तथा रोग प्रतिरोधात्मक क्षमताकी विशेषज्ञ डा. एरियन डेभिजनका अनुसार यस प्रकारको कुनै पनि सामाग्रीले कोरोना भाइरसबाट मानिसलाई जोगाउन सक्दैन । उनले हङकङ फ्री प्रेसलाई दिएको प्रतिक्रिया अनुसार यो सम्पूर्ण रुपमा ठगी धन्दा हो । ‘क्लोरिन डाइअक्साइड विशेष गरेर भूइँ पुछ्न प्रयोग गरिने डिस्इन्फेक्टेन्ट हो । यसलाई घाँटीमा झुण्ड्याएर कुनै पनि हालतमा भाइरसबाट सुरक्षित भइँदैन,’ उनले भनेकी छिन्, ‘यो सम्पूर्ण रुपमा गलत हो ।’

एसिया क्षेत्रमा भियतनाम र थाइल्याण्डले यस्ता सामाग्रीको बिक्री वितरणमा प्रतिबन्ध नै लगाएको छ भने केही देशमा भने बिक्री वितरण भइरहेको छ ।

अमेरिकी संस्था एफडीएका अनुसार क्लोरिन डाइअक्साइडयुक्त सामाग्रीको असुरक्षित प्रयोगले मानिसको ज्यानैसम्म जाने खतरा रहन्छ । सो रसायनका कारण स्वासप्रस्वासमा गम्भिर समस्या आउनुका साथै मुटुको चालमा गडबडी, रक्तचापमा कमी, डिहाइड्रेसन (शरिरमा पानीको कमी), रगतमा क्षय, गम्भिर प्रकारको झाडाबान्ता समेत हुनसक्छ ।

प्रकाशित : असार १२, २०७७ २१:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?