सिटिजन्स बैंकको सीसी क्यामेरा नै चोरी

असार १२, २०७७

कमल पन्थी

(बर्दिया) — शुक्रबार बिहान करिब ३ बजे मधुवन नगरपालिका कुसुम्बाबजार स्थित सिटिजेन बैंकको शाखा कार्यालय बाहिर राखिएको सीसी क्यामेरा चोरी भएको छ । मुख छापेर आएका एक युवकले क्यामेरा चोरेको फुटेजमा देखिएको बैंक प्रबन्धक अमित घिमिरेले बताए ।

एटीएमबाट रकम चोर्ने उद्देश्यले आएको हुनसक्ने आशंका बैंकका कर्मचारी बताउँछन् । बैंक अगाडि रहेको प्रहरी बिटमा समेत डियुटीमा सुरक्षाकर्मी नभएको मौका छोपी सीसी क्यामेरा चोरी भएको हो । घटना बारे बिहान १० बजे बैंक पुगेका कर्मचारीले कुसुम्बा बजारस्थित प्रहरी कार्यालयमा जानकारी गराएपनि सोधपुछका लागि प्रहरी नआएको गुनासो बैंक प्रबन्धक घिमीरेले बताए ।

घटनाका बारे दिउँसो ४ बजेसम्म प्रहरी उपरिक्षक केदार रोजैरेलाई जानकारी नभएको बताए ।


कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully