फिजियोथेरापी संघले जारी गर्‍यो कोरोना संक्रमितलाई थेरापी दिने सम्बन्धी निर्देशिका

असार १२, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल फिजियोथेरापी संघले कोभिड–१९ भएका विरामीहरुलाई गरिने फिजियोथेरापी उपचारको निर्देशिका तयार गरेको छ। विश्वव्यापी रूपमा फैलिएको कोरानाभाइरस रोगको कारण स्वास्थ्यमा आउने विभिन्न प्रकारका समस्याहरुका लागि फिजियोथेरापी गर्नुपरेको संघका प्रवक्ता समिद कतिला श्रेष्ठले जानकारी दिए ।

उनको अनुसार कस्तो अवस्थामा रहेका बिरामीलाई कसरी थेपारी दिन सकिन्छ भनेर निर्देशिकामा सहज हुने गरी उल्लेख गरिएको छ । यस निर्देशिका वर्ल्ड कन्फिडिरेसन अफ फिजिकल थेरापी (डब्लूसीपीटी) तथा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) द्वारा प्रकाशित निर्देशिकामा आधारित रही नेपालको स्वास्थ्य संस्था, स्वास्थ्य स्थिति, स्वास्थ्य उपकरण तथा अन्य अवस्थाको आधारमा परिमार्जित गरी पुनः ती संस्थाका पदाधिकारीहरूसँग परामर्श र स्वीकृति लिई तयार पारिएको हो ।

यस निर्देशिकालाई कुनै पनि स्वास्थय संस्था, अस्पताल तथा फिजियोथेरापिस्टहरुले अनलाइनबाट लिई प्रयोग गर्न सक्ने संघका केन्द्रिय महासचिव तथा प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully