१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

विदेशमा रहेका नागरिक ल्याउनेबारे छलफल गर्न मन्त्रिपरिषद् बस्दै

काठमाडौँ — विभिन्न देशमा रहेका नेपालीहरुलाई देशभित्र ल्याउनेबारे छलफल गर्न मन्त्रिपरिषद्को बैठक साँझ ६ बजे बस्ने भएको छ । लकडाउनपछि भारत लगायतका देशमा ठूलो संख्यामा नेपालीहरु अड्किएका छन् । बंगलादेश लगायतका देशमा रहेका विद्यार्थीहरुले आफूहरुको उद्दारका लागि सरकारलाई आग्रह गर्दै आएका छन् । 

विदेशमा रहेका नागरिक ल्याउनेबारे छलफल गर्न मन्त्रिपरिषद् बस्दै

यसैबारे छलफल गर्न मन्त्रिपरिषद् बैठकभन्दा अघि रक्षा मन्लायलमा मन्त्रीहरुको बेग्लै छलफल पनि हुँदैछ । उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली तथा कृषि मन्त्री घनश्याम भुसाललगायत यो छलफलमा सहभागी हुँदैछन् ।

प्रकाशित : जेष्ठ ५, २०७७ १६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?