बाँकेमा ४७ जनामा कोरोना पोजिटिभ

काठमाडौँ — बाँकेको नरैनापुरस्थित क्वारेन्टाइनमा रहेका ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश ५ को समाजिक विकास मन्त्रालय स्रोतका अनुसार यिनमा अधिकांश भारतबाट फर्किएका नेपाली छन् । शनिबार २ सय ७३ जनाको स्वाब संकलन गरिएको थियो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले संक्रमितमध्ये ४६ जना पुरष र १ जना महिला भएको बताएका छन् ।

बाँकेमा ४७ जनामा कोरोना पोजिटिभ

तीमध्ये १ सय ९२ जनाको नेपालगञ्जस्थित भेरी प्रयोगशालामा भएको परीक्षणमा ४७ मा पोजिटिभ देखिएको छ । नरैनापुरको क्वारेन्टाइनमा रहेका एक २५ वर्षीय युवाको आइतबार बिहान मृत्यु भएको थियो ।

प्रकाशित : जेष्ठ ५, २०७७ १६:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?