कोरोना भाइरसबाट पहिलो पटक नेपालमा एक जनाको मृत्यु, स्वास्थ्य मन्त्रालयद्वारा औपचारिक पुष्टि

जेष्ठ ३, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — स्वास्थ्य मन्त्रालयले पहिलो पटक नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको औपचारिक पुष्टि गरेको छ । सिन्धुपाल्चोक निवासी २९ वर्षीया महिलाको कोरोना भाइरसको संक्रमणबाट गत बिहीबार मृत्यु भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।

वैशाख २४ गते त्रिवि शिक्षण अस्पतालमा डेलिभरी भएकी ती महिलामा श्वास्प्रश्वासमा समस्या भएपछि धुलिखेलमा थप उपचारका लागि आउँदै गर्दा बाटोमा मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यस सम्बन्धमा थप विवरण लिइएको र परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण देखिएको मन्त्रालयले जानकारी दिएको छ । कोरोना भाइरसबाट नेपालमा पहिलो पटक मृत्यु भएको हो ।

यो पनि पढ्नुहोस् :

धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना पोजिटिभ

धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको परिवारको स्वाब संकलन

धुलिखेलमा मृत्यु भएकी महिलाको उपचारमा संलग्न १० जनालाई क्वारेन्टाइनमा लगिँदै



लकडाउनकोरोना भाइरस

कान्तिपुर

Link copied successfully