कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३४

मृतक महिलाको उपचारमा संलग्न १० जनालाई क्वारेन्टाइनमा लगिँदै

मकर श्रेष्ठ

काठमाडौँ — धुलिखेल अस्पतालले मृतक महिलाको उपचारमा संलग्न १० जनाको टोलीलाई क्वारेन्टाइनमा राख्ने तयारी गरेको छ । अस्पतालको ल्याबमा परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएपछि यो तयारी गरिएको अस्पताल उच्च स्रोतले बताएको छ ।

मृतक महिलाको उपचारमा संलग्न १० जनालाई क्वारेन्टाइनमा लगिँदै

धुलिखेल अस्पतालको कोभिड-१९ टाक्स फोर्सको तीन बजे स्काईपमा भएको बैठकले उपचारमा संलग्न १० जनाको टोलीलाई क्वारेन्टाइनमा राख्ने र यसअघि नै आकस्मिक कक्षलाई सिल गरेकोमा त्यसलाई निरन्तरता दिने निर्णय गरेको स्रोतले जानकारी दिएको छ ।

यो पनि पढ्नुहोस् :

धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना पोजिटिभ

धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको परिवारको स्वाब संकलन


बैठकमा काठमाडौं विश्वविद्यालयका उपकुलपति रामकण्ठ माकाजु, निर्देशक रमेश माकाजु पनि सहभागी थिए । अस्पतालको इमरजेन्सी वार्ड सील भएपछि त्यहाँ ल्याउने बिरामीलाई बनेपास्थित शिरमेमोरियल अस्पतालमा पठाउन लागिएको छ ।

प्रकाशित : जेष्ठ ३, २०७७ १७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?