अलपत्र परेकाहरु बारे उच्चस्तरीय समितिसँग प्रधानमन्त्रीले छलफल गर्दै

मातृका दाहाल

काठमाडौँ — सरकारले लकडाउनपछि बाटोमा अलपत्र परेका मानिसलाई गन्तव्यसम्म पुर्‍याउने वा खाने बस्ने व्यवस्था मिलाउनेमध्ये एकमा निर्णय गर्ने तयारी गरेको छ।

अलपत्र परेकाहरु बारे उच्चस्तरीय समितिसँग प्रधानमन्त्रीले छलफल गर्दै

यस विषयमा कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकमा छलफल भएको छ । समितिमा सहभागी एक मन्त्रीले अलपत्र परेका सर्वसाधारणका लागि विशेष राहत प्याकेज वा गन्तव्यसम्म पुर्‍याइदिनेमध्ये एक निर्णय गर्न लागिएको जानकारी दिए ।

समितिमा छलफल भएपछि समितिका सदस्यहरु प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि बालुवाटार जाँदैछन् । प्रधानमन्त्रीसँगको छलफलपछि निर्णय सार्वजनिक गरिने बताइएको छ ।

लकडाउन लम्बिएपछि उपत्यकासहित देशभर रोजगारीका क्रममा रहेका मजदुर तथा ज्यालादारी काम ठप्प भएपछि घरतर्फ निस्किएका उनीहरुलाई प्रशासनले रोकेपछि अलपत्र परेका छन् ।

‘घर जान निस्किएका सर्वसाधारणलाई एकपटकका लागि गन्‍तव्यसम्म पुर्‍याइदिने वा अलपत्र परेकै स्थान आसपास दैनिक गुजाराको व्यवस्था गर्नेमध्ये एक विकल्पमा निर्णय हुन्छ,’ ती मन्त्रीले भने, ‘सरकार समस्या समाधान गर्नेतिरै छ ।’

प्रकाशित : वैशाख ५, २०७७ १६:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?