१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सरकारी औषधि उद्योगबाट सुरु भयो स्यानिटाइजर उत्पादन [तस्बिरहरु]

काठमाडौँ — नेपाल औषधि लिमिटेडले पहिलोपटक स्यानिटाइजर उत्पादन तथा विक्री सुरु गरेको छ । नेपाल औषधि लिमिटेडका निमित्त महाप्रबन्धक विजयश्री बज्राचार्यले यही चैत २ गतेदेखि उत्पादन सुरु भएको जानकारी दिए ।

सरकारी औषधि उद्योगबाट सुरु भयो स्यानिटाइजर उत्पादन [तस्बिरहरु]

सरकारी स्वामित्वको रहेको लिमिटेडले एकसय मीलीलिटरको बोतलमा स्यानिटाइजर उत्पादन गर्न थालेको हो । त्यसका साथै सर्वसाधारणले किन्न चाहेमा ग्यालिन वा भाडामा पनि उपलब्ध गराइराखेको छ । ठूलो परिमाणमा चाहिने ग्राहकले बबरमहलस्थित लिमिटेडको कम्पनीमा गएर किन्न सक्नेछन् ।

१ सय मिलिलिटरको बोतलको बजार मूल्य एक सय ७५ रुपैयाँ रहेको छ । यसको होलसेल मुल्य १५० रुपैयाँ रहेको छ । खुल्ला रुपमा लान चाहनेले प्रतिलिटर १२५० मा किन्न सक्नेछन् । सर्वसाधारणरुले पनि होलसेलमा किन्न पाउनेछन् । लिमिटेडले यही आइतबारबाट विक्री सुरु गरेको हो ।



महाप्रबन्धक बज्राचार्यले विश्व स्वास्थ्य संगठनको मापदण्ड र फर्मुला अनुसारनै लिमिटेडले उत्पादन सुरु गरेको बताउादै स्यानिटाइजर गुणस्तरीय र सस्तो रहेको दाबी गरे । लिमिटेडले औषधि व्यवस्था विभागको स्वीकृति लिएर उत्पादन थालेको हो ।

स्यानिटाइजरमा ८० प्रतिशत अल्कोहल र ‘डिस्टिल्ड वाटर’ तथा तथा ग्लिसिरिन मिसाइएर बनाइएको छ ।



लकडाउनले गर्दा स्यानिटाइजरका लागि चाहिने बोतल र क्यापका उद्योग बन्द भएकाले केही समस्या भएको बताउाछन् महाप्रबन्धक बज्राचार्य । उनी भन्छन्, ‘उद्योग धेरै जसो बन्द भएकाले यी सामानहरु आउन समय लाग्छ, त्यसैले उत्पादन क्षमता अनुसार कम उत्पादन भइरहेको छ ।’

लिमिटेडको दैनिक उत्पादन क्षमता २० हजार रहेको छ । तर, विविध समस्याका कारण हाल दैनिक ५ देखि ६ हजार बोतल स्यानिटाइजर मात्रै उत्पादन भइरहेका छन् ।



स्यानिटाइजरका लागि चाहिने कच्चा पदार्थहरु वीरगन्जको चिनी उद्योगबाट ल्याइएको हो ।
यी स्यानिटाइजरहरुको दूतावास, अस्पताल, सरकारी कार्यालयबाट माग आउने गरेको छ । बज्राचार्यका अनुसार कोरोना भाइरसको महामारीका बेला बजारमा स्यानिटाइजर अभाव हुन नदिन उत्पादन सुरु गरिएको हो ।


भविष्यमा अवस्था हेरेर राज्यलाई आवश्यक छ भने स्यानिटाइजर उत्पादनमा रोक आउँदैन । लिमिटेडमा कम्पनीमा स्यानिटाइजर उत्पादनमा ३० जना कर्मचारी खटिरहेका छन् ।



प्रकाशित : चैत्र २६, २०७६ १७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?