कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना महामारीका बेला अस्पताल नजाने ५ चिकित्सक कारबाहीमा 

बुटवल — कोरोना महामारीका बेला अस्पताल नजाने पाँच चिकित्सकलाई प्रदेश–५ को सामाजिक विकास मन्त्रालयले कारबाही गरेको छ । बिनासूचना अनुपस्थित भएका लुम्बिनी प्रादेशिक अस्पतालका चिकित्सकलाई मन्त्रालयले सेवाबाट हटाएको हो । 

कोरोना महामारीका बेला अस्पताल नजाने ५ चिकित्सक कारबाहीमा 

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्रप्रसाद खनालका अनुसार रेडियोलोजी विभागमा कार्यरत ताराप्रसाद शर्मा र बरदान वली, ईएनटी विभागका प्रकाश न्यौपाने, यूरोसर्जन सुवासचन्द्र चौधरी र आकस्मिक विभागमा कार्यरत प्रकृति कार्कीलाई सेवाबाट हटाइएको हो ।

करार सेवामा नियुक्त उनीहरू अस्पताल प्रशासनलाई जानकारी नदिई सेवामा अनुपस्थित भएका थिए । सामाजिक विकासमन्त्री सुदर्शन बरालले अन्य अस्पतालमा पनि अनुगमन र निगरानी बढाएकाले बिनाकारण सेवामा हाजिर नहुने चिकित्सकलाई कारबाही गर्ने बताए ।

‘महामारीका बेला पनि सेवामा नखटिने चिकित्सकहरुलाई कारबाही गर्न निर्देशन दिएको छु,’ उनले भने, ‘सुत्केरी, काजक्रिया र बिरामीबाहेकका बिदा स्वीकृत नगर्न र बिनाजानकारी सेवामा अनुपस्थित हुने चिकित्सक/ कर्मचारीलाई सेवाबाट हटाउने वा कारबाही गर्ने निर्णय गरेका छौं ।’

प्रकाशित : चैत्र २६, २०७६ १३:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?