बाँके र काभ्रे — गाउँमा कोही नयाँ अनुहार देखिए उनी बाटोमै रोकेर आउनुको कारण सोध्थे । विशेष अवस्थामा बाहेक फर्काउँथे । केही दिनसम्म यस्तो गर्दा पनि गाउँमा मान्छे आउने क्रम नरोकिएपछि बाँकेको जानकी गाउँपालिका–६ गहनापुरका प्रेमबहादुर लोनियारले मूल बाटोमै डोरी टाँगिदिए । ‘बाहिरका मान्छे गाउँभित्र आउन सख्त मनाही छ’ कागजमा लेखेर त्यसमै झुन्ड्याए ।
सरकारले लकडाउन घोषणा गरेपछि उनले गाउँभित्रै जोकोहीलाई पनि प्रवेशनिषेध गरेका छन् । उनीसँगै यहाँका स्थानीयबासी कोरोना भाइरसको महामारीलाई लिएरसंवेदनशील बन्दै गएका छन् । उनीहरूले नजिकका आफन्त र पाहुनालाई समेत गाउँमा आउन रजान दिएका छैनन् । ‘तगारो छेउमै पाले बसेका छौं,आफ्नै मान्छे आए पनि फर्काउँछौं,’ उनलेभने ।
गाउँघरका चोकचोकमा साबुनपानीले हात धुने जार राखेका छन् । यो गाउँलेआफैंले व्यवस्था गरेका हुन् । जानकी गाउँपालिका गहनापुरका सालिकराम कडौरियाको घरमाटेलिभिजन छैन । मोबाइलमा रेडियो लगाएर कोरोना भाइरसको प्रभावबारे समाचारसुनिरहन्छन् । धेरै भीडभाडमा न जानु, घरभित्रैबस्नु भनेर सुनेका उनले गाउँको सुरक्षाका लागि तगारो राख्न उचित ठानेको बताए । उनीतरकारी किनमेल गर्नसमेत बजार जाँदैनन् ।
एक महिना पुग्ने रासन खर्च जुटाएका उनी खेती किसानीमा भने सक्रिय छन्। ‘गाउँदेखि बाहिर जाँदैनौं,’ उनले भने, ‘खेतीपाती भने समुदाय मिलेरै गरेका छौं ।’ कोरोनाको संक्रमणबाट जोगिनयतिबेला गाउँघरमा तगारा लगाइएको देख्न सकिन्छ । कोहलपुर नगरपालिका पार्वतीपुरगाउँमा युवाहरू मिलेर पूरै गाउँलाई होम क्वारेन्टाइनजस्तै बनाएका छन् । झन्डै ४०घरपरिवार रहेको गाउँमा चारैतिरबाट बाहिरी मान्छे पस्न नमिल्ने गरी काठका तगारोलगाइएको छ । दिनभरि युवा चौकीदारी गर्छन् । ‘नयाँ मान्छेलाई गाउँमा छिर्नै दिँदैनौं,’ स्थानीय प्रविन चौधरीले भने, ‘रोगलेगर्दा कठोर बन्नै पर्दो रहेछ ।’
कोहलपुरको लखन गाउँमा पनि तगारोको लक्ष्मण रेखा कोरिएको छ । सिंगोगाउँलाई सुरक्षित राख्न उनीहरूले साबुनपानीले हात धुनसमेत सिकाउँदै आएका छन् ।तगारो नाघेर बजारसम्म जाने व्यक्तिले तगारोमै हात धोएर भित्र पस्न पाउने वातावरणमिलाइएको छ ।
अर्को वडामा जान रोक
काभ्रेको पाँचखाल नगरपालिकाले एक वडाबाट अर्कोमा जान रोक लगाएको छ ।कोरोना संक्रमणको जोखिम हुने भन्दै नगरको ६२औं बैठकले अत्यावश्यक तरकारी, दूध, औषधि रखेतबारीमा काम गर्ने कृषकबाहेकलाई अर्को वडामा जान रोक लगाएको नगरप्रमुख महेशखरेलले बताए । यसअघि सरकारले एक स्थानीय तहबाट अर्कोमा जान रोक लगाए पनि पाँचखाललेभने संक्रमण फैलन नदिन भन्दै एउटा वडाबाट अर्को वडामा जानसमेत रोक लगाएको हो ।
नगरपालिकाले वडाका खाद्यान्न पसल सोमबार र शुक्रबार, होलसेल पसल सोमबारमात्र खोल्ने निर्णय गरेको उनले जानकारी दिए ।
