कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

लिभरपुलले निर्णय फेर्दै माग्यो माफी

एएफपी

लन्डन — इग्लिस प्रिमियर लिग क्लब लिभरपुलले आफ्ना गैर खेलाडी कर्मचारीलाई कोरोना भाइरस संक्रमणका बेला बिदा दिएर तिनको तलबका लागि सरकारको भर पर्ने निर्णय फेर्दै सोमबार माफी मागेको छ ।

लिभरपुलले निर्णय फेर्दै माग्यो माफी

कोरोना भाइरस (कोभिड- १९)को संक्रमण त्रासका कारण लिग स्थगित हुने अवस्थामा छ । हाल खेलहरू सबै स्थगित गरिएका छन् । लिग नै स्थगनको निर्णय अगाडि अंक तालिकाको शीर्ष स्थानमा रहेको लिभरपुलले बेलायती सरकारको अनुदानमा भर परेर बिदा लिने कर्मचारीको तलब दिने निर्णय गरेका थियो ।

क्लबका समर्थक र पूर्व खेलाडीले त्यस निर्णयको चर्को आलोचना गरेका थिए । त्यस निर्णय अनुसार बिदाका बेलाको ८० प्रतिशत तबल सरकारले बेहोर्ने गर्छ ।

यसअघि यस्तै निर्णय टोटनहम, न्युकासल, बर्नमाउथ र नरविचले गरेको थियो । लिभरपुलले पछिल्लो सिजन ५ करोड डलर भन्दा बढी नाफा गरेको थियो ।

क्लबका प्रमुख कार्यकारी पिटर मुरले भनेका छन्, ‘हामीले गलत निर्णय गरेका थियौं र त्यसका लागि माफि माग्न चाहन्छौं ।’

प्रकाशित : चैत्र २५, २०७६ ०६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?