कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना संक्रमणले ग्वार्डिओलाकी आमाको मृत्यु

एएफपी

म्यानचेस्टर — पेप ग्वार्डिओलाकी ८२ वर्षीया आमाको कोरोना भाइरसको संक्रमणका कारण सोमबार मृत्यु भएको छ । म्यानचेस्टर सिटीले मृत्युको पुष्टि गर्दै भनेको छ, ‘क्लब परिवार ग्वार्डिओलोको आमाको निधनले स्तब्ध भएको छ ।’

कोरोना संक्रमणले ग्वार्डिओलाकी आमाको मृत्यु

क्लका अनुसार ग्वार्डिओलाकी आमा डोलोर्स साला कारिया बार्सिलोनामा संक्रमित भएकी थिइन् । ‘यो विषम परिस्थितिको समयमा हामी सबैको ग्वार्डिओला र उनको परिवारप्रति हार्दिक सहानुभूति छ ।’

सिटी व्यवस्थापक ४९ वर्षीय ग्वार्डिओलले केही दिन अगाडि मात्र कोरोना भाइरस संक्रमणविरुद्ध लड्न दश लाख युरो सहयोग गरेका थिए । बार्सिलोनाले पनि आफ्ना पूर्व खेलाडी तथा प्रशिक्षककी आमाको निधनमा शोक व्यक्त गरेको छ ।

प्रकाशित : चैत्र २५, २०७६ ०६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?