उपत्यकामा कोरोना सम्बन्धी उपचारका लागि १० वटा एम्बुलेन्स तयारी अवस्थामा

चैत्र २४, २०७६

कान्तिपुर संवाददाता

काठमाडौँ — कोभिड-१९ को बिरामीलाई सेवा प्रदान गर्नको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल एम्बुलेन्स सेवा, काठमाडौं महानगरपालिका र कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) बीच आज सम्झौता भएको छ ।

सोमबार नियमित पत्रकार सम्मेलनका क्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना उपचारका लागि १० वटा एम्बुलेन्स तयारी अवस्थामा राख्ने सम्झौता भएको बताए । यसका प्रयोगको लागि १०२ मा सम्पर्क गर्न सकिनेछ ।

एम्बुुलेन्सका लागि आवश्यक पर्ने इमरजेन्सी मेडिकल टेक्‍निसियन र एम्बुलेन्स चालकलाई आवश्यक पर्ने पीपीईसहित उक्त एम्बुलेन्स व्यवस्था गरिएको हो । नेपाल एम्बुलेन्स सेवाले ५ वटा, मन्त्रालयले ४ वटा र महानगरपालिकाले १ वटा एम्बुलेन्स उपलब्ध गराएका हुन् ।

मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हालसम्म १६ सय ९७ नमुना परीक्षण भएका छन् । उनले १० स्थानमा कोरोनाको परीक्षण भइरहेको जानकारी दिए । साथै देशभरी १०७ जना आइसोलेसनमा रहेका छन् र ९ हजार १६८ जना क्वारेन्टाइनमा रहेका छन् ।

लकडाउनकोरोना भाइरस

कान्तिपुर

Link copied successfully