कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२२

अस्पतालमा चिकित्सक संघको अनुगमन : रेनकोट लगाएर बिरामी जाँच्दै चिकित्सक

फातिमा बानु

काठमाडौँ — अस्पतालको ‘फ्रन्टलाइन’मा बसेर बिरामी जाँच्ने चिकित्सकहरुले सुरक्षा सामग्रीबिनै काम गर्नुपरेको गुनासो बढेपछि नेपाल चिकित्सक संघ (एनएमए) ले अनुगमन थालेको छ । अस्पतालका वास्तविक समस्या के छन्, भनेर हेर्न संघले राजधानी र बाहिरका अस्पतालमा अनुगमन गर्न थालेको हो ।

अस्पतालमा चिकित्सक संघको अनुगमन : रेनकोट लगाएर बिरामी जाँच्दै चिकित्सक

संघले पहिलो चरणमा कोभिड–१९ का बिरामी उपचार गर्न लक्षित अस्पतालबाट अनुगमन थालेको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन, सिभिल र वीर अस्पतालमा अनुगमन भइसकेको संघका महासचिव डा. बद्री रिजालले बताए ।

‘पीपीईबिनै काम गर्नुपरेको गुनासा धेरै आए,’ उनले भने, ‘साँच्चिकै नपाएको हो भने चिकित्सकको आत्मबल बढाउन संघबाट केही गर्न सकिएला कि भनेर हामी अस्पताल घुमिरहेकाछौं ।’ अधिकांस अस्पतालमा चिकित्सकले न्यूनतम सुरक्षाबिनै काम गर्नु परिरहेको भेटिएको उनले बताए ।

अनुगमन गर्न फिल्डमै खटिएको चिकित्सक संघका सदस्य डा. रितेश थापाका अनुसार पाटन अस्पतालको आकस्मिक कक्षमा खटिने चिकित्सकले कपडाको मास्कको भरमा बिरामी हेरिरहेका छन् । ज्वरो क्लिनिकमा पनि सर्जिकल मास्कको भरमा छन् चिकित्सक । निकै कम चिकित्सकले मात्रै व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) पाएका छन् ।

‘आकस्मिक कक्षमा संक्रमित या जुनसुकै बिरामी आउन सक्छन्,’ उनले भने, ‘चिकित्सक जोखिम मोलेर काम गर्न बाध्य छन् ।’ कोभिड–१९ को उपचारका लागि तोकिएको मुख्य अस्पताल टेकुका चिकित्सक केही सुरक्षित भएको डा. थापले बताए । अस्पतालमा समस्या नभएपनि वरपरको रेस्टुरेन्ट नखुलेर चिकित्सकलाई खाजाखानाको समस्या भएको उनले जनाए ।

‘कसैको घरमा दीर्घरोगी र वृद्ध सदस्य छन्, जो कोभिड–१९ संक्रमणको उच्च जोखिममा छन्,’ उनले भने, ‘त्यस्ता चिकित्सक अस्पतालमै बस्न चाहन्छन् तर, अस्पतालमा व्यवस्थापन गरिएको छैन ।’

उनका अनुसार वीर अस्पतालको आकस्मिक कक्षमा पनि चिकित्सकले गतिलो पीपीईबिनै काम गरिरहको छन् । पीपीई फारो गर्न भन्दै एउटै चिकित्सकलाई दिनभर ज्वरो क्लिनिकमा खटाइएको पाइएको छ ।

‘पीपीई लगाइसकेपछि बाहिर जान मिलेन,’ उनले भने, ‘चिकित्सकले दिनभर भोकै बसेर बिरामी हेरिरहेका छन् ।’ बानेश्वरस्थित सिभिल अस्पतालमा चिकित्सकले पीपीईको नाममा रेनकोट लगाएर बिरामी जाँचिरहेको पाइएको उनले बताए । कति चिकित्सकले आफैं मास्क किनेर लगाउनु परिरहेको उनले बताए ।

प्रकाशित : चैत्र २४, २०७६ १४:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?