डीएसपीसहित सशस्त्र प्रहरीका १ सय २० जना क्वारेन्टाइनमा

मातृका दाहाल

काठमाडौँ — सशस्त्र प्रहरी बल (एपीएफ) का १ सय २० कर्मचारीलाई क्वारेन्टाइनमा राखिएको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सीमा नाका, हेल्थ डेस्क तथा नियमित ड्युटीमा खटाइएका उनीहरुलाई १४ दिनका लागि क्वारेन्टाइनमा राखिएको हो । 

डीएसपीसहित सशस्त्र प्रहरीका १ सय २० जना क्वारेन्टाइनमा

सबैभन्दा बढी क्वारेन्टाइनमा बस्नेमा सुदुरपश्चिम प्रदेशमा खटिने छन् । यस प्रदेश अन्तर्गतका युनिटका ९६ जना क्वारेन्टाइनमा छन् ।

१ नम्बर प्रदेशमा १७ जना, २ नम्बरमा १, बागमती प्रदेशमा ५ र कर्णाली प्रदेशबाट १ जना क्वारेन्टाइनमा बसेका छन् ।

सशस्त्र प्रहरी प्रवक्ता डीआईजी प्रविणकुमार श्रेष्ठले प्रहरी नायब उपरीक्षक सम्मका कर्मचारी विभिन्न जिल्लास्थित संगठनले नै निर्माण गरेका क्वारेन्टाइनमा राखिएको बताए । ‘बिदाबाट फर्किएका र भारतबाट आएका नागरिकलाई क्‍वारेन्टाइनसम्म पठाउँदा ड्युटीमा खटिएका १ सय २० जना कर्मचारी क्वारोन्टाइनमा छन्, आवश्यक स्वास्थ्य परीक्षण पनि भइसकेको छ,’ श्रेष्ठले कान्तिपुरसँग भने ।

क्वारेन्टाइनमा बस्ने सबै फिल्डमा खटिने कर्मचारी रहेको उनले बताए । नेपाल प्रहरीका प्रवक्ता एसएसपी उमेशराज जोशीले प्रहरीबाट क्वारेन्टाइनमा बसेनबसेको तथ्यांक आइनसकेको बताए । ‘अहिलेसम्म क्वारेन्टाइनमा बस्ने प्रहरीको संख्या के–कति छ, आइसकेको छैन,’ उनले भने, ‘सबै जिल्लालाई विवरण पठाउन भनिसकेका छौं ।’

प्रकाशित : चैत्र २४, २०७६ १५:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?