३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

नेकपाभित्र सचिवालय बैठक बोलाउन माग

काठमाडौँ — कोरोना भाइरस(कोभिड–१९)  रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेका निर्णय र तयारी एकपछि अर्को गरी विवादमा तानिएपछि सत्तारुढ दल नेकपाभित्र पार्टी बैठक बोलाउन माग भएको छ । 

नेकपाभित्र सचिवालय बैठक बोलाउन माग

सरकारले गरेका निर्णयले पार्टी संगठनलाई क्षति पुग्ने अवस्था आएको भन्दै सचिवालयकै नेताहरुले बैठक बोलाउन माग गरेका हुन् । पछिल्लो पटक चैत ५ मा बैठक बसे पनि त्यसयता नेकपाको सचिवालय बैठक बसेको छैन् ।


'हो, मैले पार्टी सचिवालयको बैठक बस्न माग गरेको छु।दुवै अध्यक्ष कमरेडहरुलाई अनुरोध गरेको छु। आवश्यकता पर्दा मन्त्रिपरिषद् र उच्चस्तरीय समन्वय समितिको बैठक बसेको छ। आजको सन्दर्भमा स्वास्थ्य प्रोटोकलको पालना गर्दै सचिवालयको बैठक पनि बस्न सक्छ। त्यसैले शीघ्र बैठक बस्ने विश्वास छ,बस्नै पर्छ,’ पार्टी प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले शनिबार बिहान ट्वीटमार्फत भनेका छन् ।


पार्टी सचिवालयका अन्य नेताहरुलेसमेत सचिवालय बैठक बोलाउन भन्दै दुवै अध्यक्षसँग आग्रह गरेका छन् ।


सचिवालयका नेताहरुको मागपछि बैठक बोलाउने विषयमा शुक्रबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच टेलिफोनमा कुराकानी भएको थियो । तर, बैठक बोलाउनेबारे ठोस सहमति भने भएको थिएन ।


यसअघि चैत १९ मा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष दाहालबीच कोभिड–१९ को संक्रमण रोक्‍न सरकारले चालेका कदमबाट प्रभावित जनतालाई राहत दिनेलगायतका विषयमा छलफल भएको थियो ।


पछिल्लो पटक चैत ५ मा बसेको सचिवालय बैठकले ‘कोभिड–१९’ को संक्रमणको रोकथाम र सचेतनाका लागि थप प्रभावकारी कार्य गर्न सरकारलाई आग्रह गरेको थियो ।

प्रकाशित : चैत्र २२, २०७६ १२:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?