२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

आइतबारकै मन्त्रिपरिषद् बैठकले दिएको थियो सेनालाई स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मा

जगदीश्वर पाण्डे

काठमाडौँ — गत आइतबार, चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री खरिद गर्न स्वास्थ्य मन्त्रालयको समन्वयमा रक्षा मन्त्रालयले नेपाली सेनामार्फत ‘जी टू जी’ (सरकार–सरकार) विधिबाट खरिद गर्न जिम्मा दिइसकेको खुलासा भएको छ ।

आइतबारकै मन्त्रिपरिषद् बैठकले दिएको थियो सेनालाई स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मा
उच्च सरकारी स्रोतका अनुसार स्वास्थ्य मन्त्रालयले खरिद गरेको स्वास्थ्य उपकरणमाथि मन्त्रिपरिषद् भित्र नै प्रश्न र शंका उब्जिएपछि सेनालाई ‘जी टू जी’बाट खरिद गरेर ल्याउने जिम्मेवारी दिएको हो । तर, सरकारले मन्त्रीपरिषद्को उक्त निर्णय भने सार्वजनिक नै गरेको थिएन ।



मन्त्रीपरिषद्ले गरेको निर्णयको बुँदा नम्बर ४ मा भनिएको छ, ‘कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारका लागि आवश्यक पर्ने औषधि, उपकरण तथा अन्य सामग्रीहरु स्वास्थ्य तथा जनसख्या मन्त्रालयसँग समन्वय गरी आवश्यकताअनुसार रक्षा मन्त्रालयले नेपाली सेनामार्फत सरकार–सरकार (जी टू जी) विधिबाट खरिद गर्ने ।’

स्वास्थ्य सेवा विभागले अम्नी समूहसँग स्वास्थ्य सामाग्री खरिद गर्ने निर्णय बुधबार नै रद्द गरिसकेको छ । अब आवश्यक पर्ने सामाग्री खरिदका लागि विभागले सेनासँग समन्वय गरिरहेको विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।

प्रकाशित : चैत्र २०, २०७६ २०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?