कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘भारत जाँदैनौँ, बरु खेतमै बस्छौँ’

रुपा गहतराज

नेपालगन्ज — नेपाल-भारत सीमा जमुनाह नाकामा अलपत्र परेका नेपालीलाई भारतीय क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइए पनि उनीहरु भने भारत फर्कन मानेका छैनन् ।

‘भारत जाँदैनौँ, बरु खेतमै बस्छौँ’

बुधबार साँझ बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, एसपीहरु बीरबहादुर ओली, दीपक अधिकारी, कमल भट्टराई र भारत बहराइचका जिल्ला अधिकारी(डीएम) शम्भुकुमार र एसपी विपिन कुमारबीच भएको छलफलमा नाकामा अलपत्र परेका नेपालीलाई दुवै पक्षले मिलेर व्यवस्थापन गर्ने सहमति भएको थियो ।

सीमानाकामा रहेका नेपाली नागरिकलाई भारतीय क्वारेन्टाइनमा राख्न् अनुरोध गरे पनि उनीहरु भारत जान मानिरहेका छैनन् ।

नेपाल र भारतका अधिकारीका बीचमा नेपालमा भएका भारतीयलाई नेपालले क्वारेन्टाइनमा राखिदिने र भारतबाट आएर नाकामा अलपत्र परेकालाई भारतले क्वारेन्टाइनमा राखिदिने सहमति भएको थियो ।

दशगजामा अलपत्र परेका एक सय ८१ नेपालीलाई भारत सरकारले आफनो क्वारेन्टाइन्मा लैजाने सहमति भए पनि नेपालीले भने जान मानेका छैन् । प्रहरी प्रमुख बिरबहादुर वलीका अनुसार अहिलेसम्म पनि नेपालीहरु दशगजामा बसिरहेका छन् । ‘सुरुमा गए सबै एकैठाउँ जाने भन्नुभयो, हामीले भारतीय पक्षलाई सम्झायौं,’ उनले भने, ‘तर नाकामा पुगेपछि भारत जान्नौं भन्न थाल्नुभयो ।’

भारतबाट आएका १५८ नेपालीको खेतमा बास

अब १४ दिन भारतीय क्वारेन्टाइनमा गएर सुरक्षित बसिदिन र त्यसपछि घरघरमा पठाउछौं भनेर सुरक्षा अधिकारी र सांसदले सम्झाउँदा समेत भारत नजाने अडान उनीहरुले दोहोर्‍याइरहेका छन् ।

महेन्द्र क्याम्पसस्थित क्यारेन्टाइन्मा नेपाली अधिकारीहरुले उनीहरुलाई ल्याउन सकेका छैनन् । ‘सरकारको निर्णयलाई कार्यन्यवन गर्ने हो,’ प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खडकाले भने, ‘जो जहाँ छ त्यहीँ बस्ने निर्णय गर्छौं,’ उनले भने ‘दशगजामै क्वारेन्टाइन बनाएर बसाउने छलफल गरिरहेका छौं ।’

प्रकाशित : चैत्र २०, २०७६ ११:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?