भाेलिदेखि लकडाउन, यस्ताे छ सरकारकाे आदेश

चैत्र १०, २०७६

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले भोलि म‌ंगलबार बिहान ६ बजेदेखि लकडाउन गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्‍वर पोखरेलको संयोकत्वमा रहेको कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबार बसेको बैठकले चैत ११ देखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि देशभर लकडाउन गर्ने निर्णय गरेको हो ।

निर्णय अनुसार अत्यावश्यक कामका लागि बाहिर निस्किन नपाउनेदेखि अनुमति प्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बोहक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुबाहक सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएकाे छ ।

यस्ता छन् निर्णयहरु:

कान्तिपुर

Link copied successfully