आत्महत्या गर्नुभन्दा अघि के-के गरेका थिए शालिकले ?

जनकराज सापकोटा

काठमाडौँ — चितवन नारायणगढको पोखरा बसपार्क स्थित कंगारु होटलमा गत साउन २० गते आत्महत्या गरेका माउन्टेन टेलिभिजनका पत्रकार किन चितवन नै पुगेका थिए भन्ने तथ्य खुलेको छैन । तर प्रहरी बयानमा माउन्टेन टेलिभिजनका क्यामेरामेन ओमबहादुर भुजेलले शालिकरामले आफू चितवनको रामनगरस्थित एक होटलमा स्टिङ गर्न जान्छु भनेर चितवन गएको बताएका छन् । भुजेल मृतक पत्रकार शालिकरामले नै चलाउने कार्यक्रम मिसन न्युजसँग आवद्ध थिए ।

आत्महत्या गर्नुभन्दा अघि के-के गरेका थिए शालिकले ?

कान्तिपुरलाई अदालत र प्रहरी स्रोतबाट प्राप्त विभिन्न कागजातहरुमा शालिकराम चितवन किन गएका थिए भन्ने तथ्य भने खुल्न सकेन । तर चितवन जानु पूर्व पत्रकार शालिकराम मानसिक रुपमा समेत तनावग्रस्त रहेको देखिन्छ । आत्महत्या प्रकरणमा थुनामा परेकी रुकु भनिने अस्मिता कार्कीकी साथीले समेत बयानमा चितवन जानु पूर्व सालिकले आफूलाई फोन गरेको कुरा बताएकी छन् ।


रवि समर्थक र प्रहरीबीच चितवनमा झडप

आत्महत्याको केही दिन पहिले शालिकले समेत अस्मिताको सोही साथीलाई फोन गरी आफूले अस्मितालाई छोड्दै छु भनेर बताएका थिए । आत्महत्याको दिन बिहान ६ बजेर ४५ मिनेटमा शालिकले अस्मिताको सोही साथीलाई फोन गरी दिउँसो साढे १२ बजे भेट्न आउने बताएका थिए । अस्मिताको साथीले बयानमा भनेकी छन्, ‘जरुरी काम छ । तर सो कुरा अस्मितालाई नभन्नु भनेका थिए । तर त्यसपछि उनले मलाई फोन गरेनन् । ’


प्रहरी बयानका ती साथीले मृतक पत्रकार शालिकले आफू अविवाहित भनेर झुक्क्याएको विषयमा अस्मिताले चित्त दुःखाएको बताएकी छन् । अस्मिताले आफूसँगको कुराकानीमा शालिकले आफूलाई अझै पनि झुटो बोली दुःख दिइरहेको बताएकी थिइन् ।


यो पनि पढ्नुहोस्ः


शालिकराम पुडासैनी आत्महत्या प्रकरण : प्रहरीसँगको बयानमा रविले के भने ?
शालिकराम पुडासैनी आत्महत्या प्रकरण : बयानमा के भनिन् अस्मिताले ?

पुडासैनी आत्महत्या प्रकरण : शालिकको मृत्यु पछि रविले किन भेट्न खोजेका थिए अस्मितालाई ?


शालिकराम पुडासैनी आत्महत्या प्रकरण : अभियुक्त ३ जनाकै बयान सकियो, थुनछेक बहस सुरु

शालिकराम पुडासैनी आत्महत्या प्रकरण : बयानमा के भनेका छन् पत्रकार युवराज कँडेलले


सिधा कुरा जनतासँगका कार्यक्रम निर्माताले के भने बयानमा ?


आत्महत्या नै थियो शालिकरामको


शालिकराम आत्महत्या दुरुत्साहन मुद्दा : कति बलियो छ आरोपपत्र ?

प्रकाशित : भाद्र ९, २०७६ १५:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?