कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिधा कुरा जनतासँगका कार्यक्रम निर्माताले के भने बयानमा ?

श्रृंखला : ६
जनकराज सापकोटा

काठमाडौँ — न्युज २४ बाट प्रसारण भइरहेको कार्यक्रम सिधा कुरा जनतासँगका निर्माता दिपक बोहोराले पत्रकार शालिकरामको आत्महत्यापछि आफूहरुले अस्मिता कार्कीलाई भेटने प्रयास गरेको स्वीकारेका छन् । अस्मितालाई भेटन बारम्बार प्रयास गरेकोबारे न्युज २४ का क्यामेरामेन अनिल ढुंगेलले पनि बयान दिएका थिए ।

निर्माता बोहोराले आफूहरुले आत्महत्या प्रकरणमा नाम जोडिएर समाचारहरु आउन थालेपछि क्यामेरामेनसँग अस्मिताको फोन नम्बर मागेर अस्मितालाई फोन गरेर भेट्न गएको बताएका छन् । उनले आफू सहित क्यामेरामेन अनिल र रवि लामिछाने ग्रिन सिटी अस्पतालमा भेटन गएको बताएका छन् ।

शालिकराम पुडासैनी आत्महत्या प्रकरण : प्रहरीसँगको बयानमा रविले के भने ?

निमोनियाको बिरामी आमाको उपचारका निम्ती ग्रिन सिटी अस्पतालमा रहेकै बेला कार्यक्रम निर्माता बोहोरा सहितको टोलीले उनको अर्न्तवार्ता गर्ने भन्दै अस्पताल पुगेका थिए । तर अस्मिताले यसबारे नबोल्ने मनसायले उनीहरुको फोन नउठाएपछि एक घन्टा कुरेर टोली फर्किएको थियो ।

आत्महत्या नै थियो शालिकरामको

त्यसो त शालिकको मृत्युमा रवि र पत्रकार युवराजको नाम जोडिएलगत्तै निर्माता बोहोराले अस्मिता र पत्रकार शालिकबीचको केही अन्तरंग म्यासेजहरु फेसबुकमार्फत सार्वजनिक गरेका थिए । बयानका क्रममा पनि दिपकले त्यस्तो सन्देशहरु फेसबुकमा पोस्ट गरेको स्विकारेका छन् । कान्तिपुरले गरेको खोजमा दिपकले त्यस्तो अन्तरंग कुराकानी सम्बन्धी फेसबुक कुराकानीको स्क्रिन सट क्यामेरामेन अनिलबाट प्राप्त गरेका थिए ।


केही दिनअघि कान्तिपुरसँगको कुराकानीमा अस्मिताको परिवारका सदस्यहरुले निजी विषय समेटिएका कुराकानीहरु सामाजिक सञ्जालमा पोस्ट गरेर चरित्र हत्या गर्ने प्रयास गरिएको गुनासो गरेका थिए ।


यो पनि पढ्नुहोस्ः

पुडासैनी आत्महत्या प्रकरण : शालिकको मृत्यु पछि रविले किन भेट्न खोजेका थिए अस्मितालाई ?

शालिकराम पुडासैनी आत्महत्या प्रकरण : अभियुक्त ३ जनाकै बयान सकियो, थुनछेक बहस सुरु

शालिकराम पुडासैनी आत्महत्या प्रकरण : बयानमा के भनेका छन् पत्रकार युवराज कँडेलले

आत्महत्या नै थियो शालिकरामको

शालिकराम आत्महत्या दुरुत्साहन मुद्दा : कति बलियो छ आरोपपत्र ?

रवि समर्थक र प्रहरीबीच चितवनमा झडप

आत्महत्या गर्नुभन्दा अघि के-के गरेका थिए शालिकले ?

प्रकाशित : भाद्र ९, २०७६ १४:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?