शालिकराम पुडासैनी आत्महत्या प्रकरण : अभियुक्त ३ जनाकै बयान सकियो, थुनछेक बहस सुरु

श्रंखला : ४

भाद्र ९, २०७६

रमेशकुमार पौडेल

चितवन — शालिकराम आत्महत्या प्रकरणमा आइतबार मात्रै चितवन जिल्ला अदालतमा मुद्दा दायर भएका तीनैजना अभियुक्तहरुको बयान सकिएको छ । सो मुद्दामा सञ्चारकर्मी रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की विरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दायर भएको  छ । 

मुद्दा दायरपछि अस्मिताको बयान हिजै सकिएको थियो । आज रवि लामिछाने र युवराज कँडेलको बयान सकिएको अदालतका श्रेस्तेदार रुद्रमणि गिरीले जानकारी दिए । अब यो मुद्दामा थुनछेक बहस सुरु भएको छ । 

शालिकराम पुडासैनी आत्महत्या प्रकरण : प्रहरीसँगको बयानमा रविले के भने ?

मुद्दाका पक्ष-विपक्षका कानुन व्यवसायीहरुको बहस सुनेपछि न्यायाधीशले अभियुक्तहरुलाई साधरण तारेखमा वा धरौटीमा छाड्ने वा थुनामा नै राखेर मुद्दा अगाडि बढाउने भन्ने आदेश दिने छन् । आत्महत्या दुरुत्साहन मुद्दामा सरकारी वकिलको कार्यालयले पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिवाना सजाय माग गरेको छ ।


यो पनि पढ्नुहोस्ः

शालिकराम पुडासैनी आत्महत्या प्रकरण : बयानमा के भनिन् अस्मिताले ? 

पुडासैनी आत्महत्या प्रकरण : शालिकको मृत्यु पछि रविले किन भेट्न खोजेका थिए अस्मितालाई ?

शालिकराम पुडासैनी आत्महत्या प्रकरण : बयानमा के भनेका छन् पत्रकार युवराज कँडेलले 

सिधा कुरा जनतासँगका कार्यक्रम निर्माताले के भने बयानमा ? 

आत्महत्या नै थियो शालिकरामको

शालिकराम आत्महत्या दुरुत्साहन मुद्दा : कति बलियो छ आरोपपत्र ? 

रवि समर्थक र प्रहरीबीच चितवनमा झडप 

आत्महत्या गर्नुभन्दा अघि के-के गरेका थिए शालिकले ? 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully