आत्महत्या नै थियो शालिकरामको

भाद्र ९, २०७६

जनकराज सापकोटा

काठमाडौँ — जिल्ला प्रहरी कार्यालय चितवनले अदालतमा पेस गरेको कागजातमा माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीले आत्महत्या नै गरेको अटोप्सी रिपोर्ट पेस गरेको छ । उक्त रिपोर्टले पुडासैनीको मृत्युबारे चलेका अनेकन अफवाह र हल्लाहरुलाई चिरेको छ ।

माउन्टेन टेलिभिजनका निमित्त प्रबन्ध निर्देशक विप्लव पोख्रेलले समेत प्रहरी बयानका क्रममा आत्महत्या भन्दा दुई वा तीन दिन पहिले शालिकरामले आफू बिरामी रहेको र दबाई खाइरहेको कुरा आफूलाई बताएका बयान दिएका छन् । प्रबन्ध निर्देशक पोख्रेलले भनेका छन, ‘उनले स्टाफहरुलाई पनि मोबाइलमा रहेको औषधिको फोटोहरु देखाएका थिए ।’


शालिकराम पुडासैनी आत्महत्या प्रकरण : प्रहरीसँगको बयानमा रविले के भने ?

त्यसो त पत्रकार शालिकरामले आफू बिरामी भएको भन्दै प्रेमिका अस्मितालाई समेत फेसबुक म्यासेन्जरलमा लेखेका थिए । उनले अस्पतालको बिरामी पुर्जाको फोटोसमेत अस्मितालाई पठाएको देखिन्छ ।


प्रहरीले विभिन्न व्यक्तिसँग लिएको बयानले पनि शालिकरामको व्यक्तित्व र उनको पृष्ठभूमीबारे नयाँ तथ्यहरु बाहिर ल्याएको देखिन्छ ।


शालिकराम पुडासैनी आत्महत्या प्रकरण : बयानमा के भनिन् अस्मिताले ? 

मृतक पत्रकार शालिकराम पुडासैनीले माउन्टेन टेलिभिजनमा चलाउने कार्यक्रम मिसन न्युजको क्यामेरामेन ओमबहादुर भुजेलले शालिकरामले आफू चितवनको रामनगरस्थित एक होटलमा स्टिङ गर्न जान्छु भनेर चितवन गएको बताएका छन् ।

कान्तिपुरलाई अदालत र प्रहरी स्रोतबाट प्राप्त विभिन्न कागजातहरुमा शालिकराम चितवन किन गएका थिए भन्ने तथ्य भने खुल्न सकेन । 


यो पनि पढ्नुहोस्ः

पुडासैनी आत्महत्या प्रकरण : शालिकको मृत्यु पछि रविले किन भेट्न खोजेका थिए अस्मितालाई ?

शालिकराम पुडासैनी आत्महत्या प्रकरण : अभियुक्त ३ जनाकै बयान सकियो, थुनछेक बहस सुरु 

शालिकराम पुडासैनी आत्महत्या प्रकरण : बयानमा के भनेका छन् पत्रकार युवराज कँडेलले 

 सिधा कुरा जनतासँगका कार्यक्रम निर्माताले के भने बयानमा ? 

 शालिकराम आत्महत्या दुरुत्साहन मुद्दा : कति बलियो छ आरोपपत्र ? 

 रवि समर्थक र प्रहरीबीच चितवनमा झडप 

 आत्महत्या गर्नुभन्दा अघि के-के गरेका थिए शालिकले ? 

जनकराज सापकाेटा कान्तिपुर दैनिकको अनलाइन पोर्टल ईकान्तिपुर डटकमका सम्पादक हुन् । उनको 'जीवन कतिपय' निबन्ध संग्रह र गैरआख्यान पुस्तक 'कहर' लगायत प्रकाशित छन् ।

Link copied successfully