शालिकराम पुडासैनी आत्महत्या प्रकरण : बयानमा के भनेका छन् पत्रकार युवराज कँडेलले

श्रृंखला : ५

भाद्र ९, २०७६

काठमाडौँ — न्युज २४ बाट प्रसारण हुने कार्यक्रम 'सिधा कुरा जनतासँग' का सञ्चालक रवि लामिछानेसँग कार्यरत पत्रकार युवराज कँडेलले आफूले कहिल्यै मृतक पत्रकार शालिकरामलाई दुःख नदिएको बताएका छन् ।

बयानका क्रममा उनले भनेका छन्, ‘भिडियोमा भने जस्तो मैले कुनै दुःख दिएको छैन । निजले ल्याएका समाचारका टिपोटहरुलाई कहिलेकाहीँ निकाल्ने र थप्ने हुन्थ्यो । सोही कुरामा निजले मसँग चित्त दुःखाएको हुनुपर्छ  । सो बाहेक अन्य केही कारण छैन ।’

आत्महत्या नै थियो शालिकरामको

 

बयानका क्रममा युवराजले शालिकराम विवाहित भएको र श्रीमती सम्झनासँग नयाँ बसपार्कतिर बस्छन् भन्ने बाहेक निजको बारेका अन्य केही पनि थाह नभएको बताएका छन् ।

शालिकराम पुडासैनी आत्महत्या प्रकरण : प्रहरीसँगको बयानमा रविले के भने ?

 

युवराजले आत्महत्या भन्दा दुई वा तीन दिन पहिले कार्यक्रम निर्माता दिपक बोहोरा र कार्यक्रम सञ्चालक रवि लामिछाने र न्युज २४ का अन्य कर्मचारीहरु समेत भएका बेला क्यामेरामेन अनिल ढुंगलेले मृतक शालिकराम पुडासैनीको प्रेमीकासँग सम्बन्ध बिग्रिएको गुनासो गरेको कुरा सुनाएको बताएका छन् । सोही कुराकानीमा त्यस्तो छ भने प्रहरीकोमा जानु भनेर दिपक बोहोराले भनेका थिए । 

यो पनि पढ्नुहोस्ः 

शालिकराम पुडासैनी आत्महत्या प्रकरण : बयानमा के भनिन् अस्मिताले ? 


पुडासैनी आत्महत्या प्रकरण : शालिकको मृत्यु पछि रविले किन भेट्न खोजेका थिए अस्मितालाई ?


सिधा कुरा जनतासँगका कार्यक्रम निर्माताले के भने बयानमा ? आत्महत्या नै थियो शालिकरामको


शालिकराम आत्महत्या दुरुत्साहन मुद्दा : कति बलियो छ आरोपपत्र ? 


रवि समर्थक र प्रहरीबीच चितवनमा झडप 


आत्महत्या गर्नुभन्दा अघि के-के गरेका थिए शालिकले ? 

Link copied successfully