रवि समर्थक र प्रहरीबीच चितवनमा झडप

रमेशकुमार पौडेल

चितवन — सञ्चारकर्मी रवि लामिछाने समर्थक र प्रहरीबीच झडप भएको छ । भरतपुरको चौविस कोठीमा जम्मा भएका रवि समर्थकले जिल्ला अदालतमा लामिछानेको थुनछेक बहस चलिरहेको समयमा सार्वजनिक सवारी साधनमा तोडफोड गरेपछि झडप भएको हो ।

अहिले पनि प्रहरीले समर्थकलाई लखेटिरहेको छ। झडपका क्रममा भीड तितरबितर पार्न प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको थियो। आइतबार अस्मिता कार्कीको बयान सकिएपछि सोमबार रवि लामिछाने, युवराज कँडेल र दीपक बोहराको बयान सकिएको थियो। बयानपछि थुनछेक बहस सुरु भएको छ।

यो पनि पढ्नुहोस्ः
शालिकराम पुडासैनी आत्महत्या प्रकरण : प्रहरीसँगको बयानमा रविले के भने ?
शालिकराम पुडासैनी आत्महत्या प्रकरण : बयानमा के भनिन् अस्मिताले ?

प्रकाशित : भाद्र ९, २०७६ १५:२४
प्रतिक्रिया
पठाउनुहोस्

आत्महत्या नै थियो शालिकरामको

जनकराज सापकोटा

काठमाडौँ — जिल्ला प्रहरी कार्यालय चितवनले अदालतमा पेस गरेको कागजातमा माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीले आत्महत्या नै गरेको अटोप्सी रिपोर्ट पेस गरेको छ । उक्त रिपोर्टले पुडासैनीको मृत्युबारे चलेका अनेकन अफवाह र हल्लाहरुलाई चिरेको छ ।

माउन्टेन टेलिभिजनका निमित्त प्रबन्ध निर्देशक विप्लव पोख्रेलले समेत प्रहरी बयानका क्रममा आत्महत्या भन्दा दुई वा तीन दिन पहिले शालिकरामले आफू बिरामी रहेको र दबाई खाइरहेको कुरा आफूलाई बताएका बयान दिएका छन्। प्रबन्ध निर्देशक पोख्रेलले भनेका छन, ‘उनले स्टाफहरुलाई पनि मोबाइलमा रहेको औषधिको फोटोहरु देखाएका थिए।’
त्यसो त पत्रकार शालिकरामले आफू बिरामी भएको भन्दै प्रेमिका अस्मितालाई समेत फेसबुक म्यासेन्जरलमा लेखेका थिए। उनले अस्पतालको बिरामी पुर्जाको फोटोसमेत अस्मितालाई पठाएको देखिन्छ।

प्रहरीले विभिन्न व्यक्तिसँग लिएको बयानले पनि शालिकरामको व्यक्तित्व र उनको पृष्ठभूमीबारे नयाँ तथ्यहरु बाहिर ल्याएको देखिन्छ।

मृतक पत्रकार शालिकराम पुडासैनीले माउन्टेन टेलिभिजनमा चलाउने कार्यक्रम मिसन न्युजको क्यामेरामेन ओमबहादुर भुजेलले शालिकरामले आफू चितवनको रामनगरस्थित एक होटलमा स्टिङ गर्न जान्छु भनेर चितवन गएको बताएका छन्।
कान्तिपुरलाई अदालत र प्रहरी स्रोतबाट प्राप्त विभिन्न कागजातहरुमा शालिकराम चितवन किन गएका थिए भन्ने तथ्य भने खुल्न सकेन।

यो पनि पढ्नुहोस्ः

पुडासैनी आत्महत्या प्रकरण : शालिकको मृत्यु पछि रविले किन भेट्न खोजेका थिए अस्मितालाई ?

शालिकराम पुडासैनी आत्महत्या प्रकरण : अभियुक्त ३ जनाकै बयान सकियो, थुनछेक बहस सुरु

शालिकराम पुडासैनी आत्महत्या प्रकरण : बयानमा के भनेका छन् पत्रकार युवराज कँडेलले

सिधा कुरा जनतासँगका कार्यक्रम निर्माताले के भने बयानमा?

शालिकराम आत्महत्या दुरुत्साहन मुद्दा : कति बलियो छ आरोपपत्र?

रवि समर्थक र प्रहरीबीच चितवनमा झडप

आत्महत्या गर्नुभन्दा अघि के-के गरेका थिए शालिकले?

प्रकाशित : भाद्र ९, २०७६ १४:२९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×