पुडासैनी आत्महत्या प्रकरण : शालिकको मृत्यु पछि रविले किन भेट्न खोजेका थिए अस्मितालाई ?

श्रृंखला : ३

भाद्र ९, २०७६

काठमाडौँ — साउन २० गते चितवन नारायणगढको कंगारु होटलमा माउन्टेल टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीको आत्महत्या भएपछि न्युज २४ बाट प्रसारण हुने कार्यक्रम 'सिधा कुरा जनतासँग' का सञ्चालक रवि लामिछानेले पुडासैनीको प्रेमिका रुकु भनिने अस्मिता कार्कीलाई भेटेर अर्न्तवार्ता लिने प्रयास गरेको तथ्य भेटिएको छ ।

प्रहरी बयानका क्रममा क्यामेरामेन अनिल ढुंगेलले कार्यक्रम सञ्चालक रवि र कार्यक्रम निर्माता दिपक बोहोराले भनेपछि आफूले पुरानो चिनाजानीका आधारमा अस्मितासँग केही कुरा बुझ्न बारम्बार फोन गरेको बताएका छन् । उनले भनेका छन, ‘दिपक र रविले घटनाबारे के रहेछ अस्मितासँग बुझ्नुपर्‍यो भनेकाले मैले निज प्रतिवादी अस्मितालाई पटक–पटक कल गरेको हुँ ।’ एक/दुई दिन पछि दिपक र रवि अस्मितालाई भेटन बसुन्धाराको ग्रिन सिटी अस्पताल बाहिर पुगेर पटक-पटक फोन गरेको कुरा पनि अनिलले बताएका छन् ।

शालिकराम पुडासैनी आत्महत्या प्रकरण : प्रहरीसँगको बयानमा रविले के भने ?

कान्तिपुरले यसअघि गरेको खोजमा पनि अस्मिताका नजिकका साथी र परिवारका सदस्यले न्युज २४ बाट तारन्तार फोन आएका बताएका थिए । निमोनियाको बिरामी आमाको उपचारमा व्यस्त अस्मितालाई रवि सहितको टिमले किन अन्तर्वार्ताका निम्ती बारम्बार प्रयास गरेको थियो भन्नेबारे भने बयानमा केही भेटिएका छैन ।

शालिकराम पुडासैनी आत्महत्या प्रकरण : बयानमा के भनिन् अस्मिताले ? 

प्रहरी बयानमा क्यामेरामेन अनिलले भनेका छन्, ‘पटक–पटक फोन गर्दा पनि निजले रिसिभ नगरेपछि करिब एक घन्टामा फर्की आयौं । सो पश्चात निजसँग भेटघाट र कुराकानी भएको छैन ।’


शालिकराम पुडासैनी आत्महत्या प्रकरण : अभियुक्त ३ जनाकै बयान सकियो, थुनछेक बहस सुरु 


त्यसो त पत्रकार शालिकरामले बारम्बार दुःख दिएपछि र सताएपछि अस्मिताले आफ्नो पीडा रविलाई भेटेर सुनाउने प्रयास गरेकी थिइन् । सोही क्रममा उनी अस्पतालमा कार्यरत एक स्टाफ नर्सको सहयोगमा क्यामेरमेन अनिलको सम्पर्कमा पुगेकी थिइन् ।


शालिकराम पुडासैनी आत्महत्या प्रकरण : बयानमा के भनेका छन् पत्रकार युवराज कँडेलले 

त्यसो त अस्मिताले पनि आफ्नो बयानका क्रममा शालिकको मृत्यु पछि अर्थात २१ गते दिउँसो साढे दुई बजेतिर न्युज २४ का अनिल ढुंगेल र दिपक बोहोराले पटक–पटक फोन गरी भेटन र ५ मिनेटको भएपनि भिडियो अर्न्तवार्ता दिन भनेको बताएकी छिन् ।


यो पनि पढ्नुहोस्ः

सिधा कुरा जनतासँगका कार्यक्रम निर्माताले के भने बयानमा ? 

आत्महत्या नै थियो शालिकरामको

शालिकराम आत्महत्या दुरुत्साहन मुद्दा : कति बलियो छ आरोपपत्र ? 

रवि समर्थक र प्रहरीबीच चितवनमा झडप 

आत्महत्या गर्नुभन्दा अघि के-के गरेका थिए शालिकले ? 

Link copied successfully