मधेश भवनबाहिर प्रदर्शन, भित्र मुख्यमन्त्रीको पदभार ग्रहण

मंगलबार उनी अपराह्न मधेश प्रदेश भवन पछाडि सशस्त्र प्रहरीको ब्यारेक छेउको सानो गेटबाट भित्र छिरेर पदभार ग्रहण गरेका थिए ।

कार्तिक २५, २०८२

कमलेश ठाकुर

Protest outside Madhesh Bhavan, Chief Minister takes charge inside

काठमाडौँ — सर्वोच्च अदालतले मधेश प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रकिया प्रारम्भिक रुपमा असंवैधानिक भएको ठहर गर्दै हाललाई यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरे पनि सरोजकुमार यादवलाई मुख्यमन्त्रीको पदभार ग्रहण गरेका छन् । 

सोमबार झिसमिसेमै बर्दिबासको एक होटलमा शपथ लिएका यादव जनकपुर फर्केपछि पनि होटलमै बसिरहेका थिए । मंगलबार उनी अपराह्न मधेश प्रदेश भवन पछाडि सशस्त्र प्रहरीको ब्यारेक छेउको सानो गेटबाट भित्र छिरेर पदभार ग्रहण गरेका थिए । 

यादवको पदभार ग्रहण चलिरहँदा मधेश भवनको २ नम्बर गेटबाहिर प्रदर्शन भइरहेको थियो । प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले बल प्रयोग गरेको छ भने उनीहरुले प्रहरीमाथि ढुंगामुढा गरिरहेका छन् ।  

कमलेश कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully