मधेश मुख्यमन्त्री नियुक्ति विवाद : ७ दलका सांसद धर्नामा

मधेश प्रदेश सरकारको मुख्यालय रहेको मधेश भवनमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । सांसदहरु सडकमा धर्नामा बसेपछि त्यो रुटमा सवारी आवागमन रोकिएको छ।

कार्तिक २५, २०८२

अजित तिवारी

Madhesh Chief Minister appointment controversy: MPs from 7 parties stage sit-in

जनकपुर — मुख्यमत्री सरोजकुमार यादवको नियुक्ति संवैधानिक नरहेको भन्दै सात दलका सांसद जनकपुरको मधेश भवन अगाडि धर्नामा बसेका छन् ।

मुख्यमत्रीको नियुक्तिविरुद्ध सोमबारदेखि आन्दोलनमा उत्रिएका सात दलका सांसदलाई मधेश भवन प्रवेशमा कडाइ गरिएपछि उनीहरू मुख्य गेट नजिकको सडकमा लामबद्ध भएर धर्नामा बसेका छन् ।

मधेश प्रदेश सरकारको मुख्यालय रहेको मधेश भवनमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । सांसदहरु सडकमा धर्नामा बसेपछि त्यो रुटमा सवारी आवागमन रोकिएको छ। एमाले, राप्रपा र संघीय समाजवादीबाहेका दलहरु आन्दोलनमा उत्रिएका हुन् । 

रातारात प्रदेश प्रमुखले एमालेका सरोजकुमार यादवलाई बर्दिवासको एक होटलमा मुख्यमन्त्री नियुक्त गरी शपथ खुलाएपछि मधेश प्रदेशमा यतिबेला राजनीतिक तनाव भइरहेको छ । सोमबार नै विपक्षी दलहरुले मुख्यमन्त्री निवासमा तोडफोडसमेत गरेका थिए । 

अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully