प्रदेश प्रमुखलाई दबाब दिएकै हुँ, सर्वोच्चको फैसला स्वीकार गर्छु : मुख्यमन्त्री यादव

'तपाईंले नियुक्ति गरेर अन्योल सिर्जना गरेर जान पाउनु हुन्न । तपाईं जहाँ हुनुहुन्छ, मलाई त्यहीँ शपथ ग्रहण गराइदिनु भनेको हुँ ।'

कार्तिक २५, २०८२

कमलेश ठाकुर

I have put pressure on the provincial chief, I will accept the Supreme Court's decision: Chief Minister Yadav

जनकपुरधाम — मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले शपथ ग्रहण गराउन प्रदेश प्रमुखलाई दबाब दिएको स्वीकार गरेका छन् ।

मंगलबार पत्रकार सम्मलेन गर्दै उनले नियुक्ति संविधानअनुसार नै भएको र शपथ ग्रहण गराउन दबाब दिएको बताएका हुन् । 'अन्य दलले तपाईंलाई घेर्छ भने हामी पनि घेर्छौं,' मुख्यमन्त्री यादवले भने, 'तपाईंले नियुक्ति गरेर अन्योल सिर्जना गरेर जान पाउनु हुन्न । तपाईं जहाँ हुनुहुन्छ, मलाई त्यहीँ शपथ ग्रहण गराइदिनु भनेको हुँ ।' 

जितेन्द्रप्रसाद सोनलले विश्वासको मत पाउने सम्भावना फेल भएपछि राजीनामा दिएको यादवले बताए । आफ्नो नियुक्ति वैधानिक भएको पनि उनले दाबी गरे । 'त्यही प्रदेश प्रमुखले सोनललाई नियुक्त गर्दा सही भएकाले आफ्नो नियुक्ति पनि वैधानिक छ,' उनले भने ।

अर्को प्रसंगमा उनले कसैले प्रदेशसभा विघटनको सल्लाह नदिएको बताएका छन् । कसैले दिए पनि अस्वीकार गर्ने उनको भनाइ छ ।सरकारको नियतका कारण प्रदेश प्रमुख पदमुक्त गरिएको उनले बताए । 'यसले संघीयतामाथि झन् संशय उत्पन्न हुन सक्छ,' उनले भने ।

पहिलो पटक नै विश्वासको मत फेल भएपछि १६८ को ३ आकर्षित भएको उनले तर्क गरेका छन् बताए । जेन-जी आन्दोलनपछि मुख्यमन्त्रीको कार्यालय जलेको हुनाले पदभार ग्रहण हुन नसकेको यादवको भनाइ छ । साथै उनले सर्वोच्च अदालते गर्ने फैसला स्वीकार गर्ने पनि बताए । 

यो पनि पढ्नुहोस्

आन्दोलनको उपहास : होटलमा मुख्यमन्त्रीको शपथ

मधेश मुख्यमन्त्री नियुक्ति विवाद : ७ दलका सांसद धर्नामा

मधेश सरकार गठनविरुद्ध कांग्रेस-माओवादीसहित बहुमत सांसदको हस्ताक्षरसहित सर्वोच्च पुगे दलहरू

मधेशका मुख्यमन्त्री : होटलमा शपथ, होटलमै बास

कमलेश कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully