सोमबार दिउँसोदेखि उनी जनकपुरको रामानन्द चोकमा रहेको जानकी स्टार होटलमा आफ्ना केही समार्थकसहित बसेका छन् ।
जनकपुर — सोमबार बिहान उज्यालो नहुँदै महोत्तरीको बर्दिबासस्थित एक होटलमा शपथ लिएका मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव कार्यालय नगई होटलमै बसिरहेका छन् ।
सोमबार दिउँसोदेखि उनी जनकपुरको रामानन्द चोकमा रहेको जानकी स्टार होटलमा आफ्ना केही समार्थकसहित बसेका छन् । त्यही होटलमा मुख्यमन्त्री यादवले केहीबेरमा पत्रकार सम्मेलन गर्दै छन् ।
बर्दिबासको कालापानीमा रहेको पानस कटेजमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट शपथ लिएका यादव सोमबार दिनभरि आफ्नो गृहजिल्ला महोत्तरिमै बधाई थाप्दै र मन्दिर दर्शन गर्दै रोकिएका थिए ।
यादवको नियुक्तिलाई लिएर सोमबार दिनभर मधेश प्रदेश सरकारको मुख्यालय रहेको जनकपुरको मधेश भवन तनावग्रस्त थियो ।
मुख्यमन्त्री यादव मंगलबार बिहान हिँड्दै मधेश भवन पुगेका हुन् । यादवको पदभार ग्रहण नभएको र मुख्यमन्त्री निवासमा पूर्वमुख्यमन्त्री जितेन्द्र सोनल रहिरहेकाले होटलमा बस्नुपरेको उनका सहयोगीले बताएका छन् ।
