निर्वाचन घोषणाअघि मात्रै रास्वपा छिरेका थारूले बाजी मारे

फागुन २१ को निर्वाचन मिति घोषणा गरेको केही दिनअघि मात्रै रास्वपा प्रवेश गरेका थारूले बाजी मारे ।

फाल्गुन २४, २०८२

कमल पन्थी

Tharus who joined the Rashtriya Swayamsevak Sangh (RSS) just before the election announcement won

बर्दिया — २०७९ को प्रतिनिधिसभा निर्वाचनमा बर्दिया-१ बाट नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार थिए, ठाकुरसिंह थारू । तर उनले जित हात पार्न सकेनन् ।

२०८२ फागुन २१ को निर्वाचन मिति घोषणा गरेको केही दिनअघि मात्रै रास्वपा प्रवेश गरेका थारुले बाजी मारे । कांग्रेसका प्रभावशाली नेता सञ्जकुमार गौतम र एमालेका लक्ष्मण ज्ञवालीलाई समेत पराजित गरेर संसद् यात्रा तय गरेका छन् ।

०७९ सालमा गौतमले ज्ञवालीलाई ४ हजार ५५६ मतले पराजित गरेका थिए । त्यसबेला गौतमले ३० हजार ६ सय ११ मत प्राप्त गर्दा थारूले तेस्रो मत २३ हजार ९९३ भन्दा पाए ।

हालै फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यमा थारु रास्वपाबाट ठूलो मतले विजयी बनेका छन् । थाले ४९ हजार ६ सय ३१ मत ल्याउँदा एमालेका शालिकराम अधिकारीले १४ हजार ६ सय ४३ मत पाए । तीन चुनावमा लगातार निर्वाचित हुँदै आएका गौतम भने १२ हजार ७ सय २२ मतमै सीमित हुन पुगे ।

बर्दिया बढैयाताल गाउँपालिका–५ मा २०३१ भदौ १४ गते जन्मिएका थारुले एमालेबाट ०५६ सालदेखि राजनीति सुरु गरेका हुन् । उनी ०७९ सालमा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका थिए । 

एमाले जिल्ला कमिटी सदस्यसमेत भएका उनी कानुन व्यवसाय, कृृषि र पत्रकारितामा समेत आबद्ध थिए । केही वर्ष उनी कान्तिपुरमा संवाददाताका रुपमा कार्यरत थिए ।थारुका बुवा भिख्खु पञ्चायती व्यवस्थामा प्रधानपञ्च थिए । 

'मैले कृषक भएर पनि कामा गरेँ । साइकल र मोटरसाइकलको टायरको पञ्चर मर्मत पनि गरेँ,' थारु भन्छन् । सांसद बनेपछि आफ्नो पहिलो प्राथमिकता सेवाग्राही कार्यालयमा हुने बेथिति अन्त्य गर्न हेल्थ डेस्क राख्ने उनले बताए । 'सेवाग्राहीको काम नगर्ने अटेर गर्ने कर्मचारी कारबाहीको दायरामा आउनुपर्छ,' उनले भने ।

थारुसँग पराजित निकटतम प्रतिद्वन्द्वी शालिकराम अधिकारीले जनताले परिवर्तन चाहेर राष्ट्रिय स्वतन्त्र पार्टीलाई जिताएको प्रतिक्रिया दिए । 'अब पार्टीभित्रको कमीकमजोरी औंल्याइनेछ,’ उनले भने, ‘संगठनलाई थप बलियो बनाउनेछौं ।'

बबई बहुमुखी क्याम्पसका प्राध्यापक राजेन्द्र धिताल पुराना ठूला पार्टीका नेताको कमीकमजोरीले रास्वपाको उभार आएको बताउँछन् । 'युवाहरूले परिवर्तन रोजेका थिए,’ उनले भने, ‘यसै कारण रास्वपा ठूलो पार्टी बनेको छ ।'

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully