विराटनगरमा ३ जना कोरोना संक्रमितको मृत्यु

वैशाख १६, २०७८

कान्तिपुर संवाददाता

विराटनगर — मोरङका अस्पतालमा कोरोना संक्रमित ३ जनाको मृत्यु भएको छ । २४ घण्टायता बेग्लाबेग्लै अस्पतालमा उनीहरुको मृत्यु भएको हो ।

विराटनगरस्थित कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा झापाको अर्जुनधाराका ३५ वर्षीय पुरुषको मृत्यु भएको छ । संक्रमण देखिएपछि १० दिनअघि भर्ना भएका ती पुरुषमा श्वासप्रश्वासको समस्या धेरै देखिएको थियो ।

नोबेल अस्पतालमा सिरहाका ४८ वर्षीय पुरुषको मृत्यु भएको छ । बुधबार राति भर्ना गरिएका उनको बिहीबार बिहान मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

मोरङको बुढीगंगास्थित विराट शिक्षण अस्पतालमा उपचाररत सुनसरीको इटहरीकी ६२ वर्षीया महिलाको मृत्यु भएको हो।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully