आन्दोलन डोर्‍याउने कविता

समाजमा अन्याय, विभेद, शोषण र उत्पीडन रहँदासम्म क्रान्तिको बीज रोपिइरहन्छ । त्यो बीज जगाउन जिउँदो कविताले हावा, पानी र प्रकाशको काम गरिरहन्छ

चैत्र ७, २०८२

बिन्दु शर्मा

Poetry that leads the movement

What you should know

ऐतिहासिक रूपमा हेर्ने हो भने कविताले क्रान्तिका बेला भौतिक उपस्थिति देखाएर र सहभागीको चेतनामा उथलपुथलयुक्त प्रभाव पारेको छ । यसले सशस्त्र संघर्षमा परेड खेल्दा योद्धाहरूमा जोस भर्छ, संगठनको निर्माणमा राजनीतिक कल्पनाको संकल्पना दिएर समर्पणतिर एकोहोर्‍याउँछ । काठमाडौँ — अमेरिकी अश्वेत लेखक एलिस वाकर भन्छिन्– प्रत्येक क्रान्तिलाई ताजा कविता चाहिन्छ, त्यसैकारण कविताको आयु अनन्त हुन्छ । त्यस्ता कविता क्रान्तिका ‘मेनिफेस्टो’ बन्छन् । संगीत भरिएपछि तिनले जनतामाझ ‘एन्थेम’ का रूपमा प्रशंसा पाउँछन् र त कविलाई विद्रोहको अपरिभाषित निर्माता भनिन्छ अनि परिवर्तनका क्रममा ऊ सामूहिक आवाजको अग्रगामी मोर्चा बन्छ । क्रान्तिमा मुट्ठीहरू नै कविका शब्द हुन्छन् । 

जुलुसको जागरण र उत्साह नै उसका काव्यिक गुच्छा बन्छन् । अमेरिकी अश्वेत महिलाहरूले भोगेको नश्लवाद, यौनिकता र ऐतिहासिक शोषणका विरुद्ध सन् १९७० को दशकमा चलेको आन्दोलनमा माया एन्ज्योलोको ‘स्टिल आई राइज’ कविताले थपेको पहिचान र अधिकारको संघर्षशीलतालाई अहिले पनि प्रेरणाको स्रोत मानिन्छ ।

कविताले रूपान्तरणको क्रान्तिप्रति जनचाहनालाई एकीकृत गर्ने र जितप्रति विश्वास जगाउँछ । हरेक राजनीतिक सन्दर्भमा सत्ताको उत्पीडनलाई चुनौती दिन, सीमान्तीकरणका विरुद्ध आवाज उठाउन र मौनतालाई संगठित संस्कृतिमा रूपान्तरण गर्न खेलेको भूमिकाका आधारमा कार्ल मार्क्सको ‘कम्युनिस्ट मेनिफेस्टो’ लाई क्रान्तिको महान् कविता मान्न सकिने धारणा मार्टिन पच्नरले राखेका छन् । यसले विभिन्न कालखण्डमा मास्कोदेखि सान्टियागोसम्म, बर्लिनदेखि मेक्सिको सिटीसम्म अनि कलकत्तादेखि काठमाडौंसम्मलाई एउटै जीवनरेखामा जोड्न सकेको हो । हाम्रो समाजमा अन्याय, विभेद, शोषण र उत्पीडन रहँदासम्म क्रान्तिको बीज रोपिइरहन्छ अनि त्यसलाई जगाउने क्रममा जिउँदो कविताले हावा, पानी र प्रकाशको काम गरिरहन्छ ।

Poetry that leads the movement

ऐतिहासिक रूपमा हेर्ने हो भने कविताले क्रान्तिका बेला भौतिक उपस्थिति देखाएर र सहभागीको चेतनामा उथलपुथलयुक्त प्रभाव पारेको छ । यसले सशस्त्र संघर्षमा परेड खेल्दा योद्धाहरूमा जोस भर्छ, संगठनको निर्माणमा राजनीतिक कल्पनाको संकल्पना दिएर समर्पणतिर एकोहोर्‍याउँछ । सत्ताविरुद्ध हुने नागरिक अवज्ञामा शक्तिसञ्चार गर्छ अनि एकल उद्देश्यको संस्कृति प्रसार गरेर अभियानमा ताजापन ल्याउँछ । वास्तवमा कविताले मान्छेको क्रोध र कम्पनलाई अभिव्यक्ति दिएर आततायीको मनोवैज्ञानिक पकडलाई शिथिल बनाउन मद्दत गर्छ । पीडित नेपालीको आत्मालाई क्रान्तिकारी सान्त्वना दिने आशावादी काव्यिक रूप श्याम तमोटको कवितामा केन्द्रीकृत भएर बसेको हामी जहिले पनि अनुभूत गर्न सक्छौं :

गाउँ–गाउँबाट उठ

बस्ती–बस्तीबाट उठ

यो देशको मुहार फेर्नलाई उठ...

हातमा केही नहुनेहरू आवाज लिएर उठ

प्रजातान्त्रिक आन्दोलनका क्रममा आफ्नो अधिकार प्राप्तिका लागि प्रदर्शनमा उत्रिएको जुलुसलाई नयाँ दिशा दिँदै जुरुक्क उचालेको हो यस कविताले । अन्यायमा परेकालाई जगाउन र विभेदका विरुद्ध प्रतिरोध गर्न प्रेरित गर्ने अनि आम जनसमुदायले सहजै गाउन सकिने भएकाले पनि यो रचना २०३० को दशकपछिका हरेक नेपाली आन्दोलनको केन्द्रीय स्वर बन्न सकेको छ ।

कविता र क्रान्ति

महानन्द सापकोटाले २००६ मा धनी र गरिबका बीचको अन्यायपूर्ण सम्बन्धलाई संरक्षित गरिरहेको राजा र राणाकालीन राज्य व्यवस्था नै परिवर्तन गर्नुपर्ने आशयका साथ कवितामा ‘सयमा दस–पाँच धनी बनिनु, अरूले तिनकै करिया गनिनु/विधिको यदि यही छ विधान भने, अब त्यो विधिको पनि आयु पुग्यो’ भन्दै वर्गीय समानताको कुरा उठाए । नेपाली कविताको क्रान्तिकारी परम्परालाई पर्गेल्ने हो भने सर्वप्रथम योगमायाले कवितालाई राजनीतिक आन्दोलनसँग जोडेकी हुन् । कल्याणकारी सामाजिक सुधार, राणा शासनको अत्याचारको अन्त्य, पुरोहितवादको अमानवीय चलनको खारेजीजस्ता २६८ वटा माग राखेर संघर्षको प्रारम्भ गरेकी उनले कवितालाई नै क्रान्तिकारी मुद्दा अभिव्यक्तिको माध्यम बनाएकी थिइन् ।

जोगवीरसिंह कंसाकारलगायत नेपाल भाषाका साहित्यकारलाई १९९१ मा श्री ३ ले बोलाएर मातृभाषामा नलेख्न दिइएको चेतावनीका बाबजुद १९९७ मा नेपाल भाषामा कविता प्रकाशन गरेबापत कविकेशरी चित्तधर हृदय दस वर्ष जेल परेका थिए भने सिद्धिचरण श्रेष्ठलाई सर्वस्वसहित कैद गरिएको थियो ।

Poetry that leads the movementमातृभाषामा कविता प्रकाशित गर्न प्रतिबन्ध लागेपछि कंसाकारले आफ्नो निवासमा कविहरूलाई बोलाएर स्थापना गरेको ‘जोगमण्डली’ मा नेपाली, संस्कृत, नेपाल भाषा र हिन्दीमा कविताहरू रचना गर्ने र सुनाउने परम्परा प्रारम्भ गरेका थिए । त्यतिबेला ‘नेपाल प्रजा परिषद्’ ले देखाएको राजनीतिक सक्रियता एवम् सहिदकाण्ड (१९९७) का घटनाक्रमले पनि जनतालाई सचेत बनाउँदै लगेको अवस्था थियो । यही पृष्ठभूमिमा गोपालप्रसाद रिमालले कवितामार्फत ‘हेरौंला, त्यो हुरी भएर आउनेछ/तिमी पात भएर पछ्याउने छौ !’ भन्दै क्रान्तिको आह्वान नै गरे ।

महानन्द सापकोटाले २००६ मा धनी र गरिबका बीचको अन्यायपूर्ण सम्बन्धलाई संरक्षित गरिरहेको राजा र राणाकालीन राज्य व्यवस्था नै परिवर्तन गर्नुपर्ने आशयका साथ कवितामा ‘सयमा दस–पाँच धनी बनिनु, अरूले तिनकै करिया गनिनु/विधिको यदि यही छ विधान भने, अब त्यो विधिको पनि आयु पुग्यो’ भन्दै वर्गीय समानताको कुरा उठाए । यस कवितामा नेपाल कम्युनिस्ट पार्टी (२००६) ले लिएको मार्क्सवादी समाजवाद स्थापनाको लक्ष्य नेपाली समाजमा बीजारोपण भइसकेको पनि बुझाउँछ । सामूहिक परिचय सिर्जना गर्न प्रतिबद्ध कविहरूले २००७—१७ मा प्रगतिवादी कवितालाई क्रान्तिका पेचकिला बनाउने कामलाई शक्तिशाली ढंगले उठाएका हुन् ।

Poetry that leads the movementराजा महेन्द्रले जननिर्वाचित सरकारलाई अपदस्थ गरेर शासन सत्ता आफ्नो हातमा लिएपछि पनि कवि र कविताचाहिँ आन्दोलित भइरहे । यस अवधिमा रचित भूपी शेरचनको ‘हो–चि–मिन्हलाई चिठी’ कविता र क्रान्ति मिसिएको उत्कृष्ट रचना हो । ‘म’ बाट ‘हामी’ मा कायाकल्प हुने क्रान्तिकारी प्रक्रियामा यस कविताले पूर्ण स्वरूप लिन सकेको छ ।

‘सडक कविता क्रान्ति २०३६’ मा त कविहरू आन्दोलनमै सहभागी भएर कविता वाचन गरे । सुधारिएको पञ्चायत र बहुदलका बीचमा जनमतसंग्रह गर्ने घोषणा भइसकेको उक्त परिवेशमा भवानी घिमिरे, हरिभक्त कटुवाल, अशेष मल्ल, मोहन कोइराला आदि कविले बहुदलीय प्रजातन्त्रका पक्षमा जनमत सिर्जना गर्नका लागि सडकमा कविता वाचन गरेका थिए । काठमाडौं उपत्यकासँगै मध्य र पूर्वी नेपालका विभिन्न स्थानमा ३६ पटकसम्म आयोजना गरिएको उक्त क्रान्तिमा झन्डै दुई सय कविहरूको सहभागिता रहेको थियो ।

दोस्रो जनआन्दोलनमा पनि कविहरू बैरागी काइँलाको अध्यक्षतामा गठित ‘लोकतान्त्रिक स्रष्टाहरूको संयुक्त मञ्च (२०६२) मा आबद्ध भएर आफ्ना रचनालाई परिवर्तनको हतियार बनाउँदै प्रदर्शनमा उत्रेका थिए । जनमतसंग्रहमा बहुदल पक्षधरको पराजय भए पनि भूमिगत रूपमा चलिरहेका आन्दोलनका पक्षमा भने कविता लेखिइरहे र यसले २०४६ को क्रान्तिको पृष्ठभूमि तयार पार्ने काम गर्‍यो । जनआन्दोलनका बेला नरेश शाक्यको ‘पग्लेर पनि तिम्रो मुटुबाट’ कविताले राजशाही सत्ताको आलोचना गर्दै प्रदर्शनकारीलाई निरंकुशताविरुद्ध जुध्न निकै उत्साहित गरेको थियो ।

प्रजातन्त्रको पुनर्बहालीपछि घोषणा भएको ‘नेपालको संविधान, २०४७’ मा महिला अधिकारका मुद्दा नसमेटिएपछि सुरु भएको महिला आन्दोलनमा बाबुसरह आमाको पहिचानमा आधारित वंशाधिकार, नागरिकता प्राप्तिमा मातृ पहिचान, प्रशासनिक कामकाजमा आमाको नामको अनिवार्यताजस्ता आवाजहरू उठेका थिए । त्यस क्रममा लक्ष्मी मालीको ‘आमा, तिम्रो नाम के हो ?’ कविता पटक–पटक सडकमा वाचन गरिएको थियो ।

‘जनयुद्ध’ को दसवर्षे अवधिमा पनि कृष्ण सेन इच्छुकका कविता नै क्रान्तिको नारा बनेका थिए । उनका कविता राज्यसत्ताको दुरुपयोगमा लिप्त सरकारविरुद्धका प्रदर्शनमा प्लेकार्डका नाराका रूपमा पनि प्रयोग भएका छन् । पूर्णविरामका रोल्पा, थबाङ, जलजलालाई सम्बोधन गरिएका कविताहरू क्रान्तिकारी विचार र जीवन्त स्थानको सुन्दर संयोजनका रूपमा रहेका छन् । निभा शाह, चुनु गुरुङका कविताले ‘जनयुद्ध’ मा सीमान्तकृत समुदायलाई संगठित गर्न प्रबल भूमिका खेलेका हुन् ।

Poetry that leads the movementदोस्रो जनआन्दोलनमा पनि कविहरू बैरागी काइँलाको अध्यक्षतामा गठित ‘लोकतान्त्रिक स्रष्टाहरूको संयुक्त मञ्च (२०६२) मा आबद्ध भएर आफ्ना रचनालाई परिवर्तनको हतियार बनाउँदै प्रदर्शनमा उत्रेका थिए । यस अभियानमा श्रवण मुकारुङको ‘बिसे नगर्चीको बयान’ कविता अहिलेको भाषामा ‘भाइरल’ भएको थियो :

मालिक !

हजुरको तरबारले/टाउको काट्छ कि फूल ?

भ्रममा परें म/हजुरको बन्दुकले विचार ढाल्छ कि मान्छे ?

भ्रममा परें म/यस राज्यलाई प्रजाले बनायो कि राजाले ?...

मालिक ! म कसरी आतंककारी हुन सक्छु ?

म केवल बौलाएँ मालिक !

Poetry that leads the movementयससँगै राजतन्त्रको अन्त्यलाई बिम्बात्मकता प्रदान गरिएको श्यामलको ‘टपरीमा राक्षस’ कविता पनि सडकमा धेरै पटक वाचन भएको थियो ।

युगौंदेखि हुँदै आएको यौन उत्पीडन र आर्थिक, सामाजिक बहिष्करणका विरुद्ध बादी महिलाहरूले २०६४ मा ‘कि त सधैंका लागि नंग्याइदे कि वैकल्पिक व्यवस्था गर’ भन्दै सिंहदरबार अगाडि गरेको अर्धनग्न प्रदर्शनमा सीता शर्मा, प्रगति राईलगायतका कविका बलशाली रचनाले आन्दोलनलाई सघाएका थिए । आन्दोलनपछि सरकारसँग भएको सहमतिमा बादी महिलाहरूको आत्मसम्मानमा ठेस पुग्ने बदेनी, पातर, भाँड, रन्डी, वेश्याजस्ता शब्दको प्रयोगमा रोक लगाइएको हो ।

अन्त्यमा

कविताका पंक्तिबीच अश्रुग्यासको गन्ध, प्रतिरोधको ध्वनि, योद्धाहरूका पाइलाको छाप अनि विद्रोहीहरूको तत्कालीन अनुभूतिको सौन्दर्य बसेको हुन्छ ।कविताले राजनीतिक प्रतिवेदनभन्दा भिन्न तरिकाले क्रान्तिका परिघटना, उत्सर्गको भाव र समयको प्राणलाई अभिलिखित गर्छ । कविताका पंक्तिबीच अश्रुग्यासको गन्ध, प्रतिरोधको ध्वनि, योद्धाहरूका पाइलाको छाप अनि विद्रोहीहरूको तत्कालीन अनुभूतिको सौन्दर्य बसेको हुन्छ । त्यसमा संगीतको स्पर्श छ भने त्यो क्रान्तिको उपकरण बन्छ र आमजनतालाई अग्रगमनतिर गति दिन्छ ।

जब क्रान्तिका उपलब्धि विस्मृतिमा जान थाल्छन्, त्यस बेलाका कवितामा समाहित विचार, चिन्तन, मुद्दा र क्रियाकलापहरू सम्झाउने अनि अन्यायविरुद्ध पुनःजागृत गर्ने काम कविताबाटै हुन सक्छ । हरेक क्रान्तिको निश्चित विचारधारा हुन्छ । आर्थिक अधिकार प्राप्ति, पहिचान प्राप्ति वा विभेदबाट मुक्तिका क्रान्तिमा भाग लिने कविता बलिया र वैचारिक नै अपेक्षा हुन्छ । ती कहिलेकाहीँ प्रोपोगान्डाका साधन पनि बन्न सक्छन् तर सरल र बिम्बात्मक कलाचेतयुक्त कविता भने क्रान्तिका लागि सफल हुन्छन् ।

अभियानमा गाउन वा वाचन गर्नका लागि जनताका समस्यासँग जोडिएका, उनीहरूको संवेदनालाई अनुभूत गर्न सक्ने, सामूहिक लयमा गाउन मिल्ने कविताहरू क्रान्तिकारी चेतनाका सच्चा वाहक हुन् । क्रान्तिको संगीन परिस्थितिमा चमत्कारपूर्णभन्दा पनि ठेला उठेको हात र धुलाम्य नांगा खुट्टा जस्तो शास्त्रको ब्यारिकेड तोड्न सक्ने स्पष्ट कविता आवश्यक पर्छ । बेलायतविरुद्ध आयरल्यान्डको क्रान्तिका बेला डब्लु.बी. यिट्सले लेखेको ‘अ टेरिबेल ब्युटी इज बर्न’ ले यसको वास्तविक विद्रोही रूपको प्रतिनिधित्व गर्न सक्छ ।

बिन्दु

Link copied successfully