इतिहास भन्छ– कविता लेखेकै कारण कविहरूलाई राज्यले कठोर कारावास वा मृत्युदण्ड दिएको छ, तिनका कविताले सदा शक्ति, धर्म र सामाजिक व्यवस्थामाथि चुनौती दिएका थिए।
What you should know
काठमाडौँ — सन् १९३६ को अगस्ट महिना लगभग आधाउधी बितिसकेको थियो । एकाबिहानै दक्षिणी स्पेनको ग्रानादा भन्ने ठाउँमा रहेको जेलबाट केही कैदीलाई बाहिर निकालियो । यिनमा एक जना स्कुले मास्टर, दुई जना बुलफाइटर र केही अन्य कैदी पनि थिए । सैनिकले यी कैदीलाई भिजनार र अलफकारबीचको पहाडीतिर लिएर गए । त्यहाँ पुगेर पालैसित गोली हानेर ती कैदीको हत्या गरियो । यसरी मारिएकामध्ये एक जना ३८ वर्षको उमेर टेक्दै गरेको युवक पनि थियो । सैनिकले त्यो युवकको लासलाई पनि त्यहीँ गाडेर छोडिदिए ।
समय बित्दै जाँदा लोर्का साहित्य र नाटकतिर आकर्षित हुँदै गए । युवा लोर्का पियानो, संगीत र चित्रकलामा पनि निपुण थिए । उनका कविताहरूमा परम्परागत लोककथा र अति यथार्थवादको मिश्रणले मृत्युको गहिरो संगीत र प्रतिरोधको आगो भेटिन्थ्यो ।यो घटना घटेका बेला स्पेनमा गृहयुद्ध चर्किरहेको थियो । र, यसरी मारिएको त्यो युवक थियो– फेदेरिको गार्सिया लोर्का । उनी प्रसिद्ध स्पेनिस कवि, नाटककार र रंगमञ्च निर्देशक थिए । उनलाई २० औं शताब्दीको स्पेनी साहित्यको सबैभन्दा प्रभावशाली व्यक्तित्वमध्ये एकका रूपमा चिनिन्छ । उनको जन्म ५ जुन १८९८ मा ग्रानादामा भएको थियो । समय बित्दै जाँदा लोर्का साहित्य र नाटकतिर आकर्षित हुँदै गए । युवा लोर्का पियानो, संगीत र चित्रकलामा पनि निपुण थिए । उनका कविताहरूमा परम्परागत लोककथा र अति यथार्थवादको मिश्रणले मृत्युको गहिरो संगीत र प्रतिरोधको आगो भेटिन्थ्यो ।
लोर्काको कामलाई त्यस समयमा क्रान्तिकारी मानिन्थ्यो र उनको जीवन अनि कलाले उनलाई स्पेनको सबैभन्दा प्रसिद्ध र प्रिय साहित्यिक व्यक्तित्वमध्ये एक बनाइरहेको थियो । तर, स्पेनको फासीवादी सत्तालाई यो मन परिरहेको थिएन । उनको वामपन्थी समाजवादी विचार र प्रभावशाली बुद्धिजीवीका रूपमा उनको प्रतिष्ठाको कारण राष्ट्रवादी शक्तिहरूले निसाना बनाएका थिए । त्यसैले उनी ग्रानाडाको फासीवादी विद्रोहको प्रमुख लक्ष्य बने । लोर्कालाई अगस्ट १६, सन् १९३६ मा उसको साथीको घरबाट समातिएको थियो, जहाँ उनले सत्तासित लुक्दै शरण लिइरहेका थिए ।
यो सत्तासित कविहरूको संघर्षको पहिलो कथा थिएन । यसअघि पनि संसारैभरि धेरै पटक कविहरू सत्ता र शासकको विरोधमा उभिएका थिए । जहाँ उनीहरूले आफ्नो ज्यान गुमाउनुपरेको थियो । इतिहासभरि धेरै कविलाई राज्यले सताएको वा मृत्युदण्ड दिएको भेटिन्छ । किनभने उनीहरूका शब्दले शक्ति, धर्म वा सामाजिक व्यवस्थामाथि चुनौती दिएका थिए । इसापूर्व ३३९ मा चिनियाँ मन्त्री तथा कवि क्यू युआनलाई राज्यले निर्वासन गरेको थियो । पछि राजनीतिक भ्रष्टाचारको मुद्दामा राज्यको उत्पीडनबाट निराश भएर उनले आत्महत्या गरेका थिए ।
रोमको पहिलो राजा अगस्टसको पालामा एकजना कवि थिए– ओभिड । कवि ओभिड (४३ इसापूर्व–ईस्वी १७/१८) एक प्रमुख रोमन कवि थिए । ओभिडलाई ल्याटिन साहित्यको गुरुको स्थान दिइएको थियो । आज पनि बुद्धिमत्ता र शैलीगत सुन्दरताका लागि प्रसिद्ध उनी ‘मेटामोर्फोसेस’ महाकाव्यका लागि परिचित छन् । उनको कामले सम्राट् अगस्टसको नैतिक सुधारलाई चुनौती दिएको थियो, जसकारण उनलाई राजा अगस्टसले टोमिसको दुर्गम कालो सागर बन्दरगाहमा निर्वासित गरेका थिए । त्यहीं उनको मृत्यु भयो ।
स्थापित शक्तिलाई चुनौती दिएर कविताले उत्पीडन, अत्याचार र अन्यायविरुद्ध प्रतिरोधको एक शक्तिशाली रूप बनेर काम गर्छ । कविहरूलाई प्रायः उनीहरूको राजनीतिक विश्वास र सक्रियताका लागि लक्षित गरिएका अनेकौं उदाहरण छन् ।इंग्ल्यान्डमा आधुनिककालको प्रारम्भिक अवधिमा कवि सर थोमस व्याट (१५०३–१५४२) लाई ट्युडर राज्यअन्तर्गत कैद गरिएको थियो । यद्यपि उनी रिहाइ पछि बिते । कवि चिडियोक टिचबोर्न (१५५८–१५८६) लाई राजद्रोहको लागि राज्यद्वारा मृत्युदण्ड दिइएको थियो । उनी रानीको हत्या गर्ने बेबिंगटन षड्यन्त्रमा संलग्न भएका थिए र तदनुसार २० सेप्टेम्बर १५८६ मा उनलाई फाँसी दिइयो । यस्तै, फ्रान्सेली कवि आन्द्रे चेनियर (१७६२–१७९४) लाई उनको लेखन तथा राजनीतिक अतिवादको विरोध गरेका कारण फ्रान्सेली क्रान्तिको समयमा एकतीस वर्षको कलिलो उमेरमा मृत्युदण्ड दिइएको थियो । क्युबाको कवि जोसे मारिया हेरेडिया (१८०३–१८३९) लाई स्पेनी औपनिवेशिक अधिकारीहरूद्वारा मेक्सिकोमा निर्वासित गरिएको थियो । उनी क्युबामा स्पेनिस शासनको अन्त्य गर्न आन्दोलनरत थिए र विरोधमा कविता लेख्थे । पछि आर्थिक अभाव र स्वास्थ्य समस्याले उनको मृत्यु भएको थियो ।
यस्तै रुसी कवि ओसिप मन्डेलस्टम (१८९१–१९३८) जोसेफ स्टालिनको आलोचना गरेको आरोपमा पक्राउ परे । उनको मृत्यु ट्रान्जिट शिविरमा भएको थियो । रुसमा स्टालिनको शासनकालमा थुप्रै कवि–लेखकलाई मृत्युदण्ड दिइएको थियो । जसमा लघु कथाकार, नाटककार तथा पत्रकार आइज्याक बाबेल (१८९४–१९४०) पनि पर्छन् । यस्तै, जापानी लेखक र कवि युकियो मिसिमाको मृत्यु पनि राजनीतिक तनावसँग जोडिएको छ । उनले सन् १९७० मा तख्तापलटको असफल प्रयास पछि धार्मिक आत्महत्या गरेका थिए ।
समयसमयमा विशेष गरी आफ्नो कविताका लागि कविहरूको प्रत्यक्ष मृत्युदण्ड, निर्वासन, कारावास वा जबर्जस्ती आत्महत्याका अनेक उदाहरण छन् । विशेष गरी अधिनायकवादी शासनअन्तर्गत कविहरूलाई राजनीतिक खतराका रूपमा लक्षित गरिएको देखिन्छ । कविताले उत्पीडितहरूका लागि आवाज प्रदान गरेर राज्य अधिकारविरुद्ध एक शक्तिशाली हतियारका रूपमा काम गर्छ । स्थापित शक्तिलाई चुनौती दिएर कविताले उत्पीडन, अत्याचार र अन्यायविरुद्ध प्रतिरोधको एक शक्तिशाली रूप बनेर काम गर्छ । कविहरूलाई प्रायः उनीहरूको राजनीतिक विश्वास र सक्रियताका लागि लक्षित गरिएका अनेकौं उदाहरण छन् ।
सन् १८२१ मा रचेको आफ्नो निबन्ध ‘अ डिफेन्स अफ पोएट्री’ मा अंग्रेजी रोमान्टिक कवि पर्सी बिशे शेलीले लेखेका थिए, ‘कविहरू संसारका अस्वीकृत विधायक हुन् ।’ कवितामाथि एउटा प्रसिद्ध उद्धरणका रूपमा यो भनाइ संसारैभरि चर्चित भयो । शेलीले यो वाक्य समाजमा कला र कल्पनाको आवश्यक रूपान्तरणकारी भूमिकाका लागि तर्क गर्न लेखेका थिए । शेलीले तर्क गरे– कवि र लेखकले संस्कृति, नैतिकता र सामाजिक विचारलाई आकार दिन्छन् । शेली विश्वास गर्थे कि कविहरूसँग भविष्यको परिवर्तनहरूको अनुमान गर्ने अद्वितीय क्षमता हुन्छ, जसले समाजको विकासलाई प्रभाव पार्छ । कविता र साहित्यमा स्थायी परिवर्तन सिर्जना गर्ने शक्ति छ, जसले मानव प्रगतिलाई प्रभावकारी रूपमा निर्देशित गर्छ ।
रुसमा लेनिनको मृत्युपछि जोसफ स्टालिनले आफूलाई कम्युनिस्ट पार्टीको सर्वोच्च नेताका रूपमा उभ्याए । उनले आफ्ना प्रतिद्वन्द्वी र विरोधीहरूको हत्या गर्दै बाटोबाट हटाउँदै गए । अगस्ट १२, १९५२ मा देशद्रोह र जासुसीको आरोपमा दोषी ठहरिएपछि तेह्र सोभियत यहुदीलाई मस्कोको लिबांको जेलमा मृत्युदण्ड दिइएको थियो । उनीहरूलाई राष्ट्रवादी गतिविधि र जासुसीको दोषी ठहर गरेपछि राज्यद्वारा मृत्युदण्ड दिइएको थियो, पहिले नै धेरै वर्षसम्म बन्दी बनाइएको, बारम्बार सोधपुछ र यातना दिइएको थियो । स्टालिनवादी उत्पीडनको सिकार भएका यी तेह्र पीडितमध्ये चार जना कवि थिए, यद्यपि अरू धेरै जना प्रमुख लेखक, बुद्धिजीवी र सांस्कृतिक व्यक्तित्वहरू थिए ।
आलोचकले किताबमा दोहोरो भाषा प्रयोग गर्दै राणाशासनमाथि आक्रमण गरेको आरोप लगाए । कृष्णलाल अधिकारीलाई नौ वर्षको जेल सजाय सुनाइएको थियो, जहाँ उनको मृत्यु भयो । पछि माओवादी विद्रोह (१९९६–२००६) को समयमा पनि राज्यले विद्रोहलाई समर्थन गरेको शंका लागेका थुप्रै लेखकलाई लक्षित गर्यो ।छिमेकी मुलुक भारतमा मुगल सम्राट् औरंगजेबको पालामा थुप्रै कवि–लेखक मारिएको इतिहास छ । उनले मराठी राजा छत्रपति सम्भाजी महाराजको विश्वासिलो सल्लाहकार तथा कवि कलशलाई युद्धबन्दी बनाएर मृत्युदण्ड दिएका थिए । औरंगजेबले आफ्नै दाइ दारा शिकोहको पनि हत्या गरेका थिए । दारा शिकोह कवि तथा विद्वान् थिए । उनले भगवद् गीताको संस्कृतबाट फारसी भाषामा अनुवाद गरेका थिए । औरंगजेबले आफ्ना दाइ दारा शिकोहका साथी सुफी कवि सरमद काशानीलाई पनि फाँसीको सजाय दिएका थिए । प्रसिद्ध भारतीय स्वतन्त्रता सेनानी, क्रान्तिकारी र प्रतिभाशाली कवि राम प्रसाद बिस्मिल (१८९७–१९२७) ले भारतीय स्वतन्त्रता आन्दोलनमा प्रमुख भूमिका खेलेका थिए । उनलाई एउटा रेल डकैतीको योजनाकार भनेर बेलायती सरकारले मृत्युदण्ड दिएको थियो । चर्चित पञ्जाबी कवि अवतार सिंह सन्धु (पास) को पनि खालिस्तानी पृथकतावादीहरूले निर्मम हत्या गरिदिएको थियो । पाकिस्तानी कवि फैज अहमद फैज, हबिब जलिब तथा बंगलादेशी कवि काजी नजरुल इस्लाम जस्ता थुप्रै कवि–लेखकले पनि राज्यबाट बेलाबेलामा दुःख पाएका थिए ।
पछिल्लो समय इजरायल र प्यालेस्टाइनबीच चलेको युद्धमा थुप्रै कवि, लेखकको मृत्यु भएको छ । यी मारिएका कवि–लेखकमा एक जना ४४ वर्षीय कवि रेफात अलारिर थिए । उनी गाजामा रहेको इस्लामिक विश्वविद्यालयमा पढाउँथे । अलारिर कविता कोर्थे र सामाजिक क्रियाकलापमा पनि संलग्न थिए । अलारिरको मृत्युपछि उनको ‘मैले मर्नु परे’ शीर्षकको कविता भाइरल बनेको थियो ।
नेपालमा पञ्चायती व्यवस्था चलिरहेको समयमा कविहरूले विरोध कविताहरू लेखे । नेपालमा राणा शासनकालमा कुनै पनि कुरा प्रकाशित गर्न सरकारी अनुमति आवश्यक पर्थ्यो । प्रधानमन्त्री जंगबहादुर राणाले पारित गरेको नेपालको राष्ट्रिय संहिता (१८५४) अनुसार पुस्तक समीक्षा र प्रकाशनका लागि अनुमति लिन नेपाली भाषा प्रकाशनी समितिलाई गुहार्नुपर्थ्यो । सुब्बा कृष्णलाल अधिकारी राणा सरकारका लागि काम गरिरहेका थिए । उनका साथीले उनलाई ‘मकै खेती’ का बारेमा एउटा भारतीय पुस्तक दिएका थिए, जसले अधिकारीलाई खेतीबारे पुस्तक लेख्न प्रेरित गर्यो ।
नेपाली भाषा प्रकाशनी समितिको अनुमति लिएर उनले जुलाई १९२० मा एउटा पुस्तक प्रकाशित गरेका थिए । किताबको नाम राखिएको थियो, ‘मकैको खेती’ । जसका १ हजार प्रति छापिएका थिए । आलोचकले किताबमा दोहोरो भाषा प्रयोग गर्दै राणाशासनमाथि आक्रमण गरेको आरोप लगाए । कृष्णलाल अधिकारीलाई नौ वर्षको जेल सजाय सुनाइएको थियो, जहाँ उनको मृत्यु भयो । पछि माओवादी विद्रोह (१९९६–२००६) को समयमा पनि राज्यले विद्रोहलाई समर्थन गरेको शंका लागेका थुप्रै लेखकलाई लक्षित गर्यो । परिणामस्वरूप कवि तथा पत्रकार कृष्ण सेन इच्छुकको गिरफ्तारी पछि मृत्यु भयो ।
यसरी बेलाबेलामा संसारैभरि कवि–लेखकले समयको आवाज बोल्ने क्रममा र आम जनताको अधिकारका लागि लड्नुपर्दा आफ्नो ज्यान गुमाएका छन् । जब शासन र सत्ताले उन्मादपूर्ण शक्ति प्रदर्शन गर्छ, तब कवि–लेखकले विवेकपूर्ण विरोध जनाएको इतिहास छ । कवि र कवितासित सत्ता र शासक डराएको उदाहरण धेरै ठाउँमा देखिइसकेको छ । कविताले समाजमा परिवर्तनको बिगुल फुकेको अवस्थामा राज्य त्रसित बन्छ । उनीहरू कविताको ताकतसित डराएर यसको सुन्दर फूललाई निमोठ्न खोज्छन् । तर, तिनीहरूले कवितालाई मार्न सक्दैनन् । कविताको शब्दको ताकतले निरंकुशतन्त्रका बलिया भित्ताहरू पनि थर्किन्छन् र ढल्छन् ।
समयसँगै मानव जीवन र समाजमा कविताको महत्त्व प्रमाणित भएको छ । कविता विलासिताको कुनै साधन होइन, जीवनको सौन्दर्य हो । कविता एउटा शक्ति हो, जसले भित्री आत्माको खुल्ला भूभागमा दर्शनको पोषिलो बीउहरू रोप्छ ।
राज्य र शासनसत्ताबाट मृत्युको सजाय पाएका यी कविको जीवनबाट हामी सिक्न सक्छौं– कविताको धारिलो हतियारसित शासकहरू पनि त्रसित बन्छन् । हामीले जानेका छौं– कविताको पखेटा फड्फडाउँदै कल्पनाको सुनौलो साम्राज्यमा टेक्न सकिन्छ । हामीले बुझेका छौं– कवितामा निहित आवाजले मानिसको जीवनमा एउटा सुन्दर र लयात्मक गीत भर्छ ।
