परिवर्तनका संवाहक पालिका

‘कोसेली’ को यस अंकमा हाम्रा पालिकाहरूले जनताको जीवन सहज बनाउन र तिनलाई आत्मनिर्भरतातर्फ लैजान गरिरहेका केही उदाहरणीय कथा प्रस्तुत गरेका छौं ।

पुस १९, २०८२

कान्तिपुर संवाददाता

Municipality that drives change

काठमाडौँ — राजनीतिक अस्थिरताले नागरिकमा निराशा बढाइरहेका बेला कतिपय स्थानीय सरकारका उदाहरणीय कामले प्रणालीप्रतिको विश्वास जोगाएका छन् ।

संघीय सरकार जनताले नभेट्ने गरी दूर भएका बेला त्यो स्थानीय तह नै हो, जसले सत्तालाई जनतामाझ ल्याएको छ । स्थानीय तहले जनताको आर्थिक स्वावलम्बन, स्वास्थ्य, शिक्षा, कृषि र व्यक्तित्व विकासमा उदाहरणीय काम गरेका छन् । 

संघीय सरकार अलमलमा रहादा पनि जनतालाई ‘सरकार छ’ भन्ने बोध स्थानीय तहले गराएका छन् । घरदैलोमै उपलब्ध हुने सरकारको भूमिकाले नागरिकको जनजीवन सहज बन्दै छ । ७ सय ५३ पालिकाले जनताको सहज जीवनका लागि गरिरहेका बहुआयामिक प्रयास नियाल्दा स्थानीय तह परिपक्व बन्दै गएको र तिनले जनविश्वास आर्जन गरिरहेको अनुभूति हुन्छ । 

स्थानीय सरकारले जनतालाई आफ्ना अधिकारको पूर्ण उपयोग, क्षमता अभिवृद्धि, आर्थिक उपार्जन र सामाजिक काममा सहभागी गराइरहेका छन् । त्यसैले स्थानीय सरकार लोकतन्त्रका धमनी बनेका छन् । ‘कोसेली’ को यस अंकमा हाम्रा पालिकाहरूले जनताको जीवन सहज बनाउन र तिनलाई आत्मनिर्भरतातर्फ लैजान गरिरहेका केही उदाहरणीय कथा प्रस्तुत गरेका छौं ।

ती कथाहरू पढ्नका लागि यो लिंकमा जान सक्नुहुनेछ ।

कान्तिपुर

Link copied successfully