कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

झापाका ३० जना संक्रमित निको भएर घर फर्के

प्रदीप मेन्याङ्बो

सुनसरी — धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेशनमा रहेका झापाका ३० जना कोरोना संक्रमित बिहीबार निको भएर घर फर्किएका छन् । प्रतिष्ठानको आइसोलेसबाट निको भएर घर फर्कने यो पाचौं समूह हो ।

झापाका ३० जना संक्रमित निको भएर घर फर्के

प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाका अनुसार डिस्चार्ज हुनेहरुको उमेर १८ वर्षदेखि ४५ वर्षका छन् । यसअघि प्रतिष्ठानबाट १ सय ५० जना कोरोना मुक्त भएर घर फर्किसकेका छन् ।

आइसोलेसनमा राखिएका संक्रमितलाई सरकारले करिब १० दिन बसेपछि थप लक्षण नदेखिएको अवस्थामा पीसीआर परीक्षण नगरी डिस्चार्ज दिन हुने प्रोटोकल बनाएपनि प्रतिष्ठानले भने डिस्चार्ज दिनुअघि पटक पटक पीसीआर जाँच गरेर नेगेटिभ रिपोर्ट आएमा मात्र घर जान दिने गरेको छ ।

प्रतिष्ठानको आइसोलेसनमा अब ३४ जना मात्रै छन् । ती मध्ये ८ जना गत बुधबार भर्ना गरिएका समूह हुन् । उनीहरुको अवस्था सामान्य रहेको प्रवक्ता सापकोटाले जानकारी दिए ।

प्रकाशित : जेष्ठ २९, २०७७ १५:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?