झापाका ३० जना संक्रमित निको भएर घर फर्के

जेष्ठ २९, २०७७

सुनसरी — धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेशनमा रहेका झापाका ३० जना कोरोना संक्रमित बिहीबार निको भएर घर फर्किएका छन् । प्रतिष्ठानको आइसोलेसबाट निको भएर घर फर्कने यो पाचौं समूह हो ।

प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाका अनुसार डिस्चार्ज हुनेहरुको उमेर १८ वर्षदेखि ४५ वर्षका छन् । यसअघि प्रतिष्ठानबाट १ सय ५० जना कोरोना मुक्त भएर घर फर्किसकेका छन् ।

आइसोलेसनमा राखिएका संक्रमितलाई सरकारले करिब १० दिन बसेपछि थप लक्षण नदेखिएको अवस्थामा पीसीआर परीक्षण नगरी डिस्चार्ज दिन हुने प्रोटोकल बनाएपनि प्रतिष्ठानले भने डिस्चार्ज दिनुअघि पटक पटक पीसीआर जाँच गरेर नेगेटिभ रिपोर्ट आएमा मात्र घर जान दिने गरेको छ । 

प्रतिष्ठानको आइसोलेसनमा अब ३४ जना मात्रै छन् । ती मध्ये ८ जना गत बुधबार भर्ना गरिएका समूह हुन् । उनीहरुको अवस्था सामान्य रहेको प्रवक्ता सापकोटाले जानकारी दिए ।

कोरोना भाइरस

Link copied successfully