नाडा अटो सो सुरु, फ्लाइङ कार सार्वजनिक

मंगलबारदेखि सुरु भएको नाडा अटो सो आगामी भदौ ८ गतेसम्म सञ्चालन हुनेछ । १७औं संस्करणको अटो सो काठमाडौंको भृकुटीमण्डपमा भइरहेको छ ।

भाद्र ३, २०८२

कान्तिपुर संवाददाता

NADA Auto Launched, Flying Car Launched

What you should know

काठमाडौँ — नेपाल अटोमोबाइल्स एसोसियसन(नाडा) को आयोजनामा  नाडा अटो सो सुरु भएको छ । मंगलबार भृकुटीमण्डपमा प्रधानमन्त्री केपी शर्मा ओलीले मेलाको उद्घाटन गरेका हुन् । 

सरकारले पूर्वाधार बनाउनु पर्ने भन्दै हुलाकी राजमार्ग डबल लेनमा विकास गरिररहेको प्रधानमन्त्री ओलीले सुनाए । स्कुल पढ्ने विद्यार्थीले आफैं बाइक बनाएर कुद्ने गरेको ओलीको भनाइ छ । आजको रोबोटिक क्रियाकलापपछि प्रारम्भिक लाग्ने भन्दै भविष्यमा धेरै अघि बढ्ने उनले बताए ।

नाडाका अध्यक्ष करण चौधरीले नीतिगत व्यवस्थादेखि व्यवसायीको मनोबल बढाउन समेत काम गर्दै आएको बताए । 'युवा शक्ति पलायन हुन रोक्न नाडाले  सीप दिने र रोजगारी पनि दिन्छ, त्यसका लागि श्रम मन्त्रालयसँग सम्झौता भइसकेको छ,' उनले भने । अटो सो प्रदर्शनी केन्द्र मात्र  नभई व्यावसायिक थलो हो । कुल बिक्रीको ४० प्रतिशत सवारी अटो शो बाट नै बिक्री हुने गरेको उनले सुनाए ।  'पहिलो पटक नेपालमा ह्युमनाइड रोबोट र फ्लाइङ कार सार्वजनिक गरेका छौं,' उनले भने । 

नाडाको कार्यकालमा १० वर्षमा नदेखिएको चालू आर्थिक वर्षको बजेट आएको समेत उनले बताए ।  सशक्त भएर सरकारसँग हिँड्न चाहने र सरकारको काम फैलाउने भन्दै सरकारसँग प्रतिबद्धता समेत उनले गरे । । एसेम्बलिङका लागि आवश्यक स्पेयर पार्ट्स नेपालमै उत्पादन गर्न सकिए अझै सहज हुने उनले सुनाए ।  'अटो सोमा मेड इन पेभिलियन राखिएको छ । जहाँ नेपालमै उत्पादन भएको टायरलगायत स्पेयर पार्ट्सहरू छन्,' उनले भने । 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले अटोमोबाइल क्षेत्रले अर्थतन्त्रमा पुर्‍याएको योगदान महत्त्वपूर्ण रहेको बताए । बजारमा माग बिस्तारै बढिरहेको भन्दै ढकालले दुई वर्षअघिको तुलनामा ४० प्रतिशत बढी सवारी बिक्री हुने आंकलन गरिएको समेत बताए। बैंक तथा वित्तीयसंस्थामा तरलता बढेको र ब्याजदर एकल अंकमा सीमित रहेको उनले बताए । महासंघले १० अर्बको कम्पनी सञ्चालन गरेको भन्दै त्यसलाइ लिक्विडिटी मान्दा ४० अर्बबराबरको  आन्तरिक लगानीबाट प्रसारणलाइनलगायत निर्माण गर्न सकिने उनको भनाइ छ । 

मंगलबारदेखि सुरु भएको नाडा अटो सो आगामी भदौ ८ गतेसम्म सञ्चालन हुनेछ । १७औं संस्करणको अटो सो काठमाडौंको भृकुटीमण्डपमा भइरहेको छ । अटो सोमा १२५ बढीले अटो र यससँग सम्बन्धित ब्रान्डको प्रदर्शनी रहेको छ । अटो सोमा एक लाखभन्दा बढी अवलोकनकर्ताहरु आउने अपेक्षा  गरेको आयोजकले जनाएको छ ।

यसपालिको प्रदर्शनीको मुख्य आकर्षणमा युनिट्री रोबोट, अत्याधुनिक चारपांग्रे रोबोट्स र डिपलको इभीटोल युएभी (उड्ने सवारी) रहेका छन् । अटो क्षेत्रबाट मात्र देशमा १० लाख बढीले रोजगार पाएका छन् ।

कान्तिपुर

Link copied successfully