ग्राहकले २० हजार रुपैयाँसम्मको लोयल्टी बोनस र प्रत्येक गाडी खरिदमा १ वर्षको निःशुल्क कम्प्रिहेन्सिभ इन्स्योरेन्स र सडक कर पनि पाउने कम्पनीको भनाइ छ ।
काठमाडौँ — नेपालका लागि ह्युन्डाई गाडीको अधिकृत विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले यस वर्ष दसैं–तिहारको अवसरमा ‘दसैं–तिहार, १० गुणा उपहार’ योजना घोषणा गरेको छ ।
दसैं, तिहार र छठको उत्सवलाई रोचक एवं हर्सोउल्लास बनाउन ह्युन्डाईले यो अफर घोषणा गरेको हो ।
अफरअन्तर्गत, ग्राहकले ८ लाख रुपैयाँसम्मको आकर्षक नगद छुट प्राप्त गर्न सक्ने र स्क्य्राच कार्डमार्फत १० लाख रुपैयाँसम्मको थप छुट जित्ने अवसरसमेत पाउने कम्पनीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
ग्राहकले २० हजार रुपैयाँसम्मको लोयल्टी बोनस र प्रत्येक गाडी खरिदमा १ वर्षको निःशुल्क कम्प्रिहेन्सिभ इन्स्योरेन्स र सडक कर पनि पाउने कम्पनीको भनाइ छ ।
‘हरेक ह्युन्डाई गाडीमा ३ वर्षको वारेन्टी र ६ वर्षसम्मको निःशुल्क सर्भिसिङ सुविधा दिइनेछ,’ विज्ञप्तिमा भनिएको छ ।