पोखराको बुद्धचोकमा शुक्रबार सोरुम उद्घाटनसँगै गण्डकी प्रदेशमा बीवाईडीको नवीनतम इलेक्ट्रिक सवारी साधन ‘बीवाईडी सिलायन ७’ पनि सार्वजनिक गरिएको छ ।
What you should know
पोखरा — नेपालमा बीवाईडी अटो इन्डस्ट्रिज कम्पनी लिमिटेडको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले पोखरामा नयाँ बीवाईडी सोरूम सञ्चालनमा ल्याएको छ ।
प्रालिले पोखराको बुद्धचोकमा शुक्रबार सोरुम उद्घाटनसँगै गण्डकी प्रदेशमा बीवाईडीको नवीनतम इलेक्ट्रिक सवारी साधन ‘बीवाईडी सिलायन ७’ पनि सार्वजनिक गरेको छ ।
सोरुम उद्घाटन गर्दै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले सन् २०४३ सम्म पोखरालाई कार्बन शून्य बनाउने नीतिमा विद्युतीय गाडीको प्रयोगले सहयोग पुर्याउने बताए । उनले एसियाली विकास बैंकको सहयोगमा पोखरालाई आगामी पाँच वर्षभित्र ई–मोबिलिटी सहर बनाउने योजना रहेको पनि सुनाए ।
साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठका अनुसार नयाँ सोरूमलाई बीवाईडीको नवीनतम कर्पोरेट आइडेन्टिटी/भिजुअल आइडेन्टिटी मापदण्ड अनुसार पूर्ण रूपमा अपडेट गरिएको छ । यसले कुल १२ हजार ८ सय ४५ वर्ग फिट क्षेत्रमा व्यापक थ्रीएस (सेल्स, सर्भिस र स्पेयर) सुविधा प्रदान गर्दछ, जसले ग्राहकलाई एकै स्थानमा सबै सेवा प्राप्त गर्ने अनुभव उपलब्ध गराउँछ । सोरूमको ठीक पछाडि निर्माण भइरहेको अत्याधुनिक सर्भिस सेन्टरले बिक्री पछिको सेवा प्रणालीलाई थप प्रभावकारी बनाउनेछ, जसले बीवाईडीको विश्वव्यापी सेवा उत्कृष्टता मापदण्डसँग पूर्ण रूपमा मेल खाने सुनिश्चित गर्दछ । ‘पोखरा हाम्रो दीर्घकालीन व्यापार नीतिको प्रमुख बजार हो । नयाँ सोरूम र प्रिमियम गुणस्तरका उत्पादनको सुरुआत गरेर हामी ग्राहकलाई उत्कृष्ट सेवा दिने हाम्रो प्रतिबद्धता पुनःदोहोर्याउँदै छौं,’ उनले भने, ‘बीवाईडी सिलायन ७ ले हाम्रो अत्याधुनिक प्रविधि र नेपालमा दिगो यातायाततर्फको रूपान्तरणलाई अगाडि बढाउने हाम्रो मिसनको प्रतिनिधित्व गर्छ ।’ पोखरामा रहेका सम्पूर्ण बीवाईडी सर्भिसमा संलग्न कर्मचारीले बीवाईडी हेडक्वाटरका प्रतिनिधिबाट तालिमप्राप्त गरी आधिकारिक प्रमाणपत्र हासिल गरिसकेको उनले बताए ।
प्रालिका सेल्स प्रमुख आशुतोष गौतमले देशभर बीवाईडीको १३ सर्भिस सेन्टर र ५५ फास्ट चार्जिङ स्टेसन रहेको र नेपालको सडकमा ७ हजारभन्दा बढी बीवाईडीका गाडी गुडेको बताए । उनका अनुसार बीवाईडी सलिायन सेभेन नेपालमा १०० कलिोवाटको रयिर ह्वलि ड्राइभ कन्फगिरेसनमा उपलब्ध छ, जुन उच्च प्रदर्शन, आकर्षक डजिाइन र लामो दूरी क्षमताका लाग िइन्जनियिरङि गरएिको छ । यो मोडेल बीवाईडीको ओसयिन सरिजिको हस्सिा रहेको कम्पनीको दाबी छ । यसको खुद्रा मूल्य ७४ लाख ९९ हजार रहेको कम्पनीले जनाएको छ । प्रारम्भकि अर्ली बर्ड मूल्य ७२ लाख ९९ हजार रहेको र त्यो सीमति अवधसिम्म मात्र रहने कम्पनीको दाबी छ ।
