दिपल एस०५ बजारमा आउँदै

नेपालमा पहिलो पटक 'जिरो ग्राभिटी' कम्फर्ट, मेमोरी फङ्सनसहितको क्विन को–पाइलट र रिमोट इन एन्ड आउट पार्किङ सुविधा उपलब्ध रहेको कम्पनीको दाबी छ ।

श्रावण २८, २०८२

कान्तिपुर संवाददाता

Deepal S05 coming to the market

काठमाडौँ — विद्युतीय सवारी ब्रान्ड दिपलको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धिले नयाँ एसयुभी दिपल एस०५ सार्वजनिक गर्ने भएको छ । दिपल एस०७ को सफलतापछि एस०५ ले कम्प्याक्ट सेग्मेन्टमा अझ बढी परिस्कृत एसयुभी ल्याउन लागेको कम्पनीले जनाएको छ।

आईएफ डिजाइन अवार्डबाट सम्मानित दिपल एस०५ लाई बोल्ड एरोडाइनामिक सिल्हौट, फ्रेमलेस डोर र स्टार फिडरबाट प्रभावित एलईडी टेललाइटले वास्तविक डिजाइन स्टेटमेन्ट बनाउनेछ।

नेपालमै पहिलो पटक ‘जिरो ग्राभिटी’ कम्फर्ट, भेन्टिलेसन, लेग सपोर्ट, मेमोरी फङ्सन र ‘वन टच नाप मोड’ सहितको क्विन को–पाइलट रहेको कम्पनीको दाबी छ।

नयाँ एस०५ मा सेग्मेन्टमै नभएको रिमोट इन एन्ड आउट पार्किङ सुविधा छ, जसले साँघुरो पार्किङ स्पेसमा पनि सहजै पार्क गर्न मद्दत गर्ने कम्पनीले जनाएको छ।

नयाँ एस०५ मा पहिलो पटक संसारको सबैभन्दा ठूलो ब्याट्री निर्माता कम्पनी सीएटीएलको गोल्डेन शिल्ड ब्याट्री सिस्टम २.० प्रयोग गरिएको छ, जसको लाइफस्पान ६ लाख किलोमिटर हुन्छ। यो मात्र १५ मिनेटमा ३० देखि ८० प्रतिशत चार्ज हुने कम्पनीको दाबी छ।

कान्तिपुर

Link copied successfully