नेपाल आउँदै लिपमोटर बी १०

लिपमोटर बी १० मा १६० किलोवाट रियर–ह्विल ड्राइभ मोटर र ६७.१ किलोवाट ब्याट्री, एक चार्जमा ६ सय किमिको रेन्ज दिने क्षमता छ।

भाद्र २, २०८२

कान्तिपुर संवाददाता

Lipmotor B10 coming to Nepal

काठमाडौँ — नेपालका लागि एक मात्र आधिकारिक विक्रेता सांग्रिला मोटर्स प्रालिले लिपमोटर बी १० औपचारिक रूपमा चीनबाट नेपालका लागि प्रस्थान गरिसकेको र डेलिभरी छिट्टै सुरु हुने घोषणा गरेको छ । काठमाडौंमा आयोजित नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा सकारात्मक प्रतिक्रिया र अग्रिम बुकिङ प्राप्त भएपछि लिपमोटर बी १० अब ती अर्डर पूरा गर्न र नेपाली सडकमा नवीनतम इलेक्ट्रिक मोबिलिटी ल्याउन तम्तयार छ ।

लिपमोटर बी १० मा १६० किलोवाट पावरफुल रियर–ह्विल ड्राइभ (आरडब्लूडी) मोटर र ६७.१ किलोवाट ब्याट्री छ, जसले एक पटक चार्जमा ६ सय किमिको रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ ।

आरामदायी र व्यावहारिक दुवै उद्देश्यका लागि निर्माण गरिएको यस मोडेलले १८० मिमी ग्राउन्ड क्लियरेन्स, १४.६ इन्च २.५ के एचडी टचस्क्रिन, ३६०–डिग्री क्यामेरा रेकर्डिङ सुविधासहित प्रिमियम लेदरटे सिट्स (हिटिङ र भेन्टिलेसनसहित) र प्यानोरामिक रुफजस्ता सुविधाहरू प्रदान गर्ने कम्पनीले बताएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully