नाडामा फोटोन माउन्टेन ईभी, फोटोन टीएम१ वा सोकोन ईभी भ्यान बुक गर्ने ग्राहकलाई बुकिङ ग्याजेट, १ वर्षको फुल इन्स्योरेन्सका साथमा अटोप्लस र क्यासलेस इन्स्योरेन्स ग्यारेन्टीका साथ प्राप्त हुने कम्पनीले जनाएको छ ।
काठमाडौँ — यसपालिको नाडा अटो शो २०२५ मा फोटोन टुनल्यान्ड, माउन्टेन ईभी भ्यान, टीएम१ र सोकोन ईभी भ्यान किन्ने ग्राहकले विशेष छुट पाउने भएका छन् ।
चारै मोडेलमा आकर्षक छुट दिइएको कम्पनीले जनाएको छ, जसमा केही विशेष मूल्य भने प्रदर्शनीमै सार्वजनिक हुने कम्पनीको भनाइ छ । टीएम१ को मूल्य ३३ लाख ७४ हजारबाट घटाएर २६ लाख ९९ हजार कायम गरिएको कम्पनीले जनाएको छ । माउन्टेन ईभी र सोकोन ईभी भ्यानले पनि विशेष छुट र अफर ल्याएका छन् ।
नाडामा फोटोन माउन्टेन ईभी, फोटोन टीएम१ वा सोकोन ईभी भ्यान बुक गर्ने ग्राहकलाई बुकिङ ग्याजेट, १ वर्षको फुल इन्स्योरेन्सका साथमा अटोप्लस र क्यासलेस इन्स्योरेन्स ग्यारेन्टीका साथ प्राप्त हुने कम्पनीले जनाएको छ ।
साथै खरिद प्रक्रियालाई सरल बनाउन तीनै मोडेलमा सजिलै उपलब्ध हुने फाइनान्स सुविधा पनि रहने जनाइएको छ ।
फोटोन टुनल्यान्ड पिक अप किन्नेलाई ट्राङक्विलिटी स्पा एक्सपिरियन्स वा भाटभटेनीमा २५ हजारको सपिङ कुपनका साथै तीन वर्षसम्म पाटर््ससहितको प्रिभेन्टिभ मेन्टेनेन्स सर्भिस सेवा र ड्राइभर परिवारको स्वास्थ्य बिमा उपलब्ध हुने कम्पनीले बताएको छ ।