ललितपुरको सातदोबाटोमा एमजीको नयाँ डिलरसिप

यो डिलरसिपले ललितपुर र आसपासका क्षेक्रमा रहेका ग्राहकलाई सहज र व्यत्तिगत अनुभवसहितको कार खरिदको सुविधा प्रदान गर्ने लक्ष्य राखेको कम्पनीको भनाइ छ ।

भाद्र २, २०८२

कान्तिपुर संवाददाता

MG's new dealership at Satdobato, Lalitpur

काठमाडौँ — एमजीले ललितपुरको सातदोबाटोमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ ।

एमजीको विश्वव्यापी एमजी मापदण्डअनुसार तयार गरिएको यो अत्याधुनिक सुविधा ग्राहकलाई अन्तर्राष्ट्रियस्तरको बिक्री तथा सेवा अनुभव प्रदान गर्ने उद्देश्यले निर्माण गरिएको कम्पनीले जनाएको छ ।

यस स्थानका लागि पीआर सप्लायर्सलाई आधिकारिक एमजी डिलरसिपका रूपमा नियुक्त गरिएको छ । प्यारामाउन्ट मोटर्सका निर्देशक निकुञ्ज अग्रवालको उपस्थितिमा भएको सोरुमको औपचारिक उद्घाटनले ललितपुरमा एमजीको उपस्थिति विस्तारको ऐतिहासिक क्षणको संकेत गरेको कम्पनीको दाबी छ ।

यहाँबाट ग्राहकले नयाँ सुविधासम्पन्न सोरुममा गएर एमजीका प्रिमियम गाडी अवलोकन गर्न, विशेषज्ञ सल्लाह लिन तथा प्रत्यक्ष रूपमा बुकिङ वा खरिद गर्न सक्नेछन् ।

यो डिलरसिपले ललितपुर र आसपासका क्षेक्रमा रहेका ग्राहकलाई सहज र व्यत्तिगत अनुभवसहितको कार खरिदको सुविधा प्रदान गर्ने लक्ष्य राखेको कम्पनीको भनाइ छ ।

कान्तिपुर

Link copied successfully