२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

हेटौंडाका २१ उद्योग आंशिक सञ्चालन

उद्योग चलाउन छैनन् कच्चापदार्थ र मजदुर
प्रताप विष्ट

हेटौंडा — लकडाउनमा सरकारले अत्यावश्यक उद्योगको उत्पादन निरन्तर गराउने बताएपछि सुरक्षा सतर्कता अपनाएर हेटौंडाका उद्योग सञ्चालनको तयारीमा छन् ।

हेटौंडाका २१ उद्योग आंशिक सञ्चालन

हेटौंडा औद्योगिक क्षेत्रका १ सय ११ उद्योगमध्ये २१ उद्योग आंशिक सञ्चालनमा छन् । त्यसमा मझौला उद्योगका रूपमा रहेका भ्याली पेलेट फिड इन्डस्ट्रिज, सिद्धार्थ पेलेट फिड इन्डस्ट्रिज, खाद्य उद्योग र हेटौंडा दुग्ध वितरण आयोजनालगायत छन् ।

भ्याली पेलेटका १ सय १० कामदारमध्ये ३५ जनाले उद्योग सञ्चालन गरिरहेका छन् । सिद्धार्थ पेलेटमा ६५ मध्ये ३२ जनाले काम गरिरहेका छन् । हेटौंडा दुग्ध वितरण आयोजनाका १ सय २० मध्ये ६० र खाद्य उद्योगमा २६ जनाले मात्र काम गरिरहेका छन् । उद्योगहरू एक सिफ्ट मात्र चलिरहेको उद्योग संघ मकवानपुरका अध्यक्ष लेखराज पोखरेलले जानकारी दिए ।

औद्योगिक क्षेत्रभित्रका उद्योगमा ५ हजार मजदुर कार्यरत छन् । सरकारले उद्योगमा कार्यरत मजदुरलाई उद्योगभित्रै आवासको व्यवस्था गर्नुपर्ने सर्त राखेकाले कठिनाइ भएको उद्योग व्यवस्थापनको भनाइ छ । औद्योगिक क्षेत्रभित्रका दुग्ध, साबुन, कुकिज, दाना र प्लास्टिक प्याकेजिङ उद्योग आंशिक सञ्चालनमा रहेको कार्यालय प्रमुख राजेन्द्र कँडेलले बताए । औद्योगिक क्षेत्रभित्रका उद्योगले दैनिक मुनाफा गर्ने करिब ३० करोड रुपैयाँ क्षति बेहोरिरहेका छन् । सामान्य समयमा औसतमा एउटा उद्योगले मासिक तीन करोड ३० लाख रुपैयाँ बराबरको कारोबार गर्ने उनको भनाइ छ ।

लकडाउनका कारण कच्चापदार्थ आयात र बजारीकरणमा प्रभाव परेको भन्दै उद्योग संघ हेटौंडाका अध्यक्ष पोखरेलले सरकारले बैंकको ब्याज छुट तथा किस्ता तिर्ने मिति थप गर्नुपर्ने माग गरेका छन् ।

प्रकाशित : वैशाख ८, २०७७ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?